वाशिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसमेत दक्षिण एसिया र अफगानिस्तान मामिला हेर्ने सहायक विदेशमन्त्रीका रुपमा अनुभवी गुप्तचर अधिकारी रोबर्ट विलियम्सलाई नियुक्त गर्ने भएका छन् । ह्वाइटहाउसले बुधबार जारी गरेको वक्तव्यमा उनी विगत २० वर्षदेखि दक्षिण एशिया तथा अफगानिस्तान मामिलामा अनुभवी भएको उल्लेख छ ।
वक्तव्यमा जनाइएअनुसार उनी सन् २०१७ देखि अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआइए)मा एशोसिएट डिपुटी डाइरेक्टरको रुपमा कार्यरत थिए । यसअघि पनि उनी दक्षिण एशिया मामिला हेर्ने गुप्तचर अधिकारीको रुपमा कार्यरत रहेको बताइएको छ । पछिल्लो समयमा पाकिस्तान लगायतका दक्षिण एशियाली मुलुकमा समस्या देखिएपछि ट्रम्प प्रशासनले नयाँ नियुक्ति गर्न लागेको जनाइएको छ ।
(एजेन्सी)