काठमाडौं । दुई दिनदेखि बहुमूल्य धातु सुनको भाउ घट्ने क्रम जारी छ । बिहीबार (आज) ३ सयले घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो बुधबार भने २ सय रुपैयाँ घटेर ५९ हजार ८ सयमा कारोबार भएको सुन मंगलबार तोलाको ६० हजार पुगेको थियो ।
यसअघि गत कात्तिक २० गते पनि सुन तोलाको ६० हजार रुपैयाँ पुगेको थियो । त्यसयता यसको भाउ उतारचढावपूर्ण रहँदै आएको छ । गत सोमबार ५९ हजार ४ सय रुपैयाँ, आइतबार ५९ हजार रुपैयाँ र शुक्रबार प्रतितोला ५८ हजार ५ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको दाँजोमा बिहीबार छापावाल सुनको भाउ प्रतितोला ३ सयका दरले घटेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको भाउ भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुन तोलाको ५९ हजार ५ सय र चाँदी तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंसिर २६ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ मंसिर २५ मा तोलाको अधिकतम ६० हजार रुपैयाँसम्म पुगेको थियो । यसअघि मंसिर २४ गते ५९ हजार ४ सय, २३ गते ५९ हजार, मंसिर २, ३ र २० गतेको भाउ ५८ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।
पछिल्लो एक साताको मूल्यसूचीअनुसार मंसिर २० मा छापावाल सुनको भाउ प्रतितोला ५८ हजार ७ सय, मंसिर २१ मा ५८ हजार ५ सय, मंसिर २३ मा ५९ हजार, मंसिर २४ मा ५९ हजार ४ सय, मंसिर २५ मा ६० हजार र मंसिर २६ मा ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।