site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ प्रहरी कारवाहीमा ! प्रमाणको खोजी जारी
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको छानविन समितिले अनुसन्धानमा जोडिएका ३४ जना प्रहरीमाथि कारवाहीको सिफारिस गर्न लागेको हो । 

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अधिकारीकै कमजोरी पाइएपछि प्रहरी प्रधान कार्यालयले एआईजी बस्न्यातको नेतृत्वमा आन्तरिक छानविन समिति गठन गरेको थियो । त्यही समितिले झण्डै ३ महिना लामो गृहकार्यपछि एक–दुई दिनभित्रै आईजीपी सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुुझाउने तयारी गरेको छ । ‘‘प्रतिवेदनमा प्रहरीकै भूमिकाबारे उल्लेख गरिएको छ । प्रहरी कहाँ–कहाँ चुक्यो भन्ने धेरै कुरा यसअघि नै गृहमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनसँग मिल्छ,’’ स्रोतले भन्यो । 

Agni Group

प्रतिवेदनमा सबै प्रहरीको बयान समेटिएको छ । निर्मला हत्याकाण्डको अनुसन्धानमा जोडिएका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् । बस्न्यात नेतृत्वको टोलीले प्रतिवेदनमा एसपी विष्टदेखि निलम्बनमा परेका सबै र बाँकी कारबाहीको सिफारिसमा पर्न लागेका २६ जनाको भूमिकाबारे उल्लेख गरेको छ । नेपाल प्रहरीको इतिहासमा एकैपटक एउटै घटनामा जोडेर ३४ जना प्रहरीमाथि कारवाही हुन लागेकोे यो पहिलो घटना हो । तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीलाई साउन १० गते नै निर्मला हराएको खबर दिँदा पनि प्रहरीले खोजीमा चासो देखाएको आरोप लागेको थियो । स्रोतका अनुसार अब थप बर्खासी र निलम्बनको सिफारिस गरिएको छैन । सबैलाई विभागीय कारबाहीको सिफारिस भएको छ । ‘‘कसूरको मात्रा हेरेर कारवाहीको सिफारिस भएको छ । कसैको घटुवा, कसैको ग्रेड रोक्का लगायतका कारवाही सबैलाई हुनेछ । प्रतिवेदन अध्ययनपछि त्यसलाई सदर गर्ने–नगर्ने अधिकार भने आईजीपी खनाललाई नै छ,’’ स्रोतले जानकारी दियो ।

Global Ime bank

प्रमाणकै खोजीमा प्रहरी
निर्मला हत्याको अनुसन्धानमा कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान व्युरोको टोली सक्रिय छ । टोलीले हालसम्म झण्डै एक हजारको हाराहारीमा व्यक्तिहरुसँग सोधपुछ, कल डिटेल लगायत हर्ने काम गरेको छ । तर प्रविधिबाट प्रहरीलाई अनुसन्धानमा गतिलो प्रमाण फेला पर्न सकेको छैन । हत्यामा संलग्नताको आशंकामा काठमाडौंमै राखेर भीमदत्तनगर–१८ का विशाल चौधरी र प्रदीप रावलमाथि अनुसन्धान जारी छ । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले विशाल र प्रदीपको डिएनए रिपोर्ट आइनसकेको बताए । एसपी कडायतले भने, ‘‘अनुसन्धान जारी नै छ । दैनिक रुपमा शंकास्पदलाई सोधपुछ गर्ने लगायतका काम भइरहेका छन् ।’’ घटनासँग जोडिएका प्रमाणको खोजीमा प्रहरी सक्रिय छ । बयानकै आधारमा प्रहरीले प्रदीप र विशालमाथि अनुसन्धान गरिरहेको छ । तर उनीहरुका आफन्तले भने प्रदीप र विशाल निर्दोष भएको दाबी गर्दै आएका छन् । 

शंकाको घेरामा राज्यको सुरक्षा निकायमै कार्यरत केही व्यक्ति समेत अझै छन् । तर, प्रदीप र विशालको अनुसन्धानको पाटो नटुंगिएसम्म प्रहरी अरुको डीएनए परीक्षण गर्ने मनस्थितिमा छैन । निर्मला हत्यामा संलग्न भएको आरोपमा तत्कालीन प्रहरीले स्थानीय दिलिप विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । दिलिपलाई सार्वजनिक गरेसँगै चर्किएको स्थानीयको आन्दोलनमा प्रहरीको गोली लागेर स्थानीय शनी खुनाको ज्यान गएको थियो । गोली लागेर घाइते भएका अर्जुन भण्डाराको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । उनी बोल्न सक्दैनन् भने उनको खुट्टा अपरेसनका क्रममा काटिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC