site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यूपीएफ एशियालाई नेपालमा प्रतिबन्ध लगाउन गगन थापाको माग, नेपाल र नेपालीलाई अपमान गरिएको भन्दै आपत्ति
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले युनिभर्सल पिस फेडेरेसन (युपीएफ) एशियाका गतिविधिप्रति आपत्ति जनाउँदै सो संगठनलाई नेपालमा प्रतिबन्ध लगाउनुपर्ने धारणा अघि सारेका छन् । हालै नेपालमा विवादास्पद समिट गरेको सो संस्थाका बारेमा उनले बिहीबार बिहान ट्वीट गर्दै सो कुरा उल्लेख गरेका हुन् । 

बाह्रखरीसँग कुरा गर्दै उनले आयोजक संस्थाको यतिठूलो आलोचनापछि पनि कोरियामा गएर दिएको वक्तव्यका कारण अब प्रतिबन्धको विकल्प नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“नेपालमा कार्यक्रम हुँदै गर्दा जतिधेरै विरोधहरु भए, त्यो केही होइन जस्तो गरियो,” थापाले भने, “अहिले कोरियामा पुगेर नेपाल र नेपालीलाई अपमान गर्ने खालका अभिव्यक्ति दिने संस्थालाई अब नेपालमा प्रतिबन्ध लगाउनुको कुनै विकल्प छैन ।”
नेपालको सरकार, संसद, राष्ट्रपति पनि आफ्नो साथमा रहेको भन्दै आयोजक संस्थाले अबका दिनमा नेपालको झनै बदनाम गर्ने भएकाले अहिले नै प्रतिबन्ध लगाउनुपर्ने उनको माग थियो ।

उनले समाजिक सञ्जालमा अहिले चर्चामा रहेको विवादित एशिया प्यासिफिक समिट सम्बन्धी भिडियोले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उक्त भिडियोको सुरुमै १३ वर्षअघि नोभेम्बर २२, २००५ मा नेपालमा युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले शान्ति दिवस घोषणा गरेको भनेर गलत कुरा राखिएको जनाएका छन् । 

Global Ime bank

उनले भनेका छन्,‘‘युनिभर्सल पिस फेडेरेसन उद्घाटन टूर कहिले र कसले ग¥यो त्यो विषयमा हाम्रो कुनै चासो छैन तर सोही दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ ।’’

‘‘पहिलो कुरा नेपालमा नोभेम्बर २२, २००५ अर्थात् २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन । स्मरणरहोस् त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको दिन हो । त्यही समझदारीको जगमा भएको जनआन्दोलनले संसदको पुनस्र्थापना गरेको थियो । दोस्रो कुरा, नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन’’ गगन थापाले भनेका छन् । उनले अगाडि भनेका छन्,‘‘ यो आफैंमा झूठो, कपोलकल्पित र बदनियतपूर्ण छ । यसले नेपालको सम्मानित संसदको दूरुपयोग मात्रै गरेको छैन, अन्तर्राष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको छ । यो कृत्य निन्दनीय छ ।’’

‘‘यस्तै उक्त भिडियो क्लिपमा नेपाल सरकार र यूपीएफले संयुक्त रुपमा समिटको आयोजना गरेको मात्र भनिएको छैन यूपीएफ एशियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपालमा भएको समिटमा आफैँलाई जिससकी एक मात्र छोरी घोषणा गरेकी हक जा हन मुनलाई सबैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र कसैले विरोध नगरेको तथा सबै नेपालीले वैधानिकता दिएको भनेका छन् । नेपालमा ईश्वरीय राज्य स्थापना गरिएको भनिएको छ । यो नेपाल र नेपाली जनताको घोर अपमान हो,’’ थापाले भनेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC