site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मलाई मेरो र टिमको क्षमता थाहा छ - रोनाल्डो 
Ghorahi CementGhorahi Cement

एजेन्सी । स्पेन भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेडले बुधबार राति भ्यालेन्सियालाई २-१ को नतिजा सुम्पिएपछि च्याम्पियन्स लिगको समूह 'एच' मा विजेता बन्ने मौका गुमाएको छ ।  

युनाइटेडले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको थियो । समूहको अर्को टोली युभेन्टस आश्चर्यजनक रूपमा स्विजरल्यान्डको योङ ब्वाइजसँग २-१ ले पराजित भएको अवस्थामा युनाइटेडलाई समूह बिजेता बन्ने मौका थियो । तर जोजे माउरिन्होको टोलिले दोस्रो रोजाईको खेलाडी उतारेको भ्यालेन्सियाबिरूद्ध कमजोर प्रदर्शन गरेपछि उपविजेता मै चित्त बुझाउनुपरेको थियो । तेस्रो स्थान पक्का भैसकेका कारण स्पेनिस टोलीले पहिलो रोजाईका खेलाडीलाई आराम दिएको थियो । 
फिल जोन्सले हेडमार्फत क्लियर गरेको बललाई नियन्त्रणमा लिँदै कार्लोस सोलरले घरेलु टोलीलाई १७औं  मिनेटमा अग्रता दिएका थिए । 

Agni Group

दोस्रो हाफलगत्तै जोन्सले गरेको आत्मघाती गोलमा भ्यालेन्सियाले अग्रता दोब्बर बनायो । बैकल्पिक खेलाडी मार्कुस रश्फोर्डले खेल सकिन तीन मिनेट बाकी छदा गोल फर्काए पनि युनाइटेडलाई अंक दिलाउन त्यो पर्याप्त भएन । 
हारसंगै युनाइटेडले अघिल्लो चरणमा समूह बिजेताहरू बार्सिलोना, बोरूसिया डर्टमण्ड, पिएसजी,  पोर्टो, रियल मड्रीड र बायर म्युनिखमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । 

योङ ब्वाइजसंग २-१ ले पराजित भए पनि युभेन्टसले समूह 'एच' को बिजेता बन्दै नक आउट चरणमा स्थान बनायो । गुइलाउमे होएराउले ३०औ मिनेटमा गरेको पेनाल्टी गोलमा योङ ब्वाइजले अग्रता लिएको थियो । होएराउले नै ६८औ मिनेटमा अग्रता दोब्बर बनाए । बैकल्पिक खेलाडी पाउलो डिबालाले गोल गरे पनि युभेन्टसले हार टार्न सकेन । 

Global Ime bank

हारका बाबजुद समूह बिजेता बन्दै नकआउट चरणमा स्थान बनाएपछि युभेन्टसका क्रीष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अघिल्लो चरणका लागि आफू तयार रहेको बताए । 

"च्याम्पियन्स लिगको सुन्दर पाटो अब शुरू हुँदैछ । मलाई पूर्ण विश्वास छ कि हामी यसका लागि तयार छौं," ३३ बर्षे रोनाल्डोले भने, "म आनन्दित छु । किनकी मलाई मेरो र  टिमको क्षमता राम्रोसँग थाहा छ । समूह चरणमा मैले धेरै गोल गर्न सकिन तर यो फुटबल हो । अब हामी अर्को चरणको खेलमा केन्द्रित हुनुपर्छ ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC