site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चुनावी परिणामपछि मोदी र गान्धीको टिप्पणी– हारजित जिन्दगीको हिस्सा : मोदी, आज हरायौं, २०१९मा पनि हराउँछौं : गान्धी
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका ५ वटा राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले लज्जाजनक हिसाबले चुनाव हारेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १० बजे ट्वीटरबाट कांग्रेस आईलाई जितका लागि बधाइ दिए । 
उनी सामाजिक सञ्जालमा निरन्तर आइरहने भएपनि मंगलबार भने दिनभरी मौन रहेका थिए । 

उनले ट्वीटरमा सन्देश दिँदै कांग्रेसका अतिरिक्त तेलंगनामा विजयी हुने क्षेत्रीय दल तेलंगाना राष्ट्र समिति (टीआरएस) मिजोरममा विजयी हुने   मिजो नेशनल फ्रन्ट (एमएनएफ) लाई समेत बधाइ दिएका छन् । भाजपाले चुनावमा १५ वर्षदेखि राज गरेको छत्तीसगढ र मध्यप्रदेश तथा ५ वर्षअघि अत्यधिक बहुमत ल्याएको राजस्थानमा नराम्रोसँग चुनाव हारेको छ । 

तेलंगना र मिजोरममा भने क्षेत्रीय दलले विजय हासिल गरेका छन् । उनले ट्वीटरमा जनताको जनादेशको विनम्रतापूर्वक स्वीकार गर्ने जनाउँदै छत्तीसगढ, राजस्थान र मध्य प्रदेशका जनतालाई सेवा गर्ने अवसर दिएकोमा आभार प्रकट गरेका छन् । 
विधानसभा चुनावमा भाजपाका कार्यकर्ताले रातदिन मेहनेत गरेको र उनीहरुको मेहनेतको सलाम गर्छु भन्दै मोदीले हार र जित जिन्दगीको हिस्सा भएको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भने मंगलबार पत्रकार सम्मेलन नै गरेर यसपालि भाजपालाई चुनाव हराएको र सन् २०१९ को लोकसभा चुनाव पनि हराउने बताएका छन् । कांग्रेस अध्यक्ष राहुललाई यसअघि अपरिपक्व भन्ने आरोप लाग्ने गरेकोमा अहिलेको विधानसभा निर्वाचनका कारण उनको उचाई ह्वात्तै बढेको छ । 

भारतका ५ वटा राज्यमा भएको विधान सभा निर्वाचनपछि मंगलबार मतगणनाको क्रममा आएको परिणामले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ठूलै झड्का महसुस गराएको छ । 

Global Ime bank

यसले गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत ठूलै पीडा अनुभूति भएको अनुमान भारतमा भइरहेको छ । किनकि चुनावमा उनी नै कमाण्डरका रुपमा प्रचार प्रसारमा संलग्न थिए । तर, निकै महत्वपूर्ण मानिएका पाँच वटै प्रदेशमा भाजपा नराम्रोसँग पराजित भयो ।

यो निर्वाचनको परिणामले मोदीलाई व्यक्तिगत रुपमा र केन्द्र सरकारलाई के कस्तो असर गर्ला भन्ने प्रश्न समेत उब्जिएको छ । प्रमुख विपक्षी कांग्रेस पार्टीले छत्तीसगढ र राजस्थान राज्यमा आफ्नो सरकार बनाउन सक्ने मंगलबार सम्ममा प्रष्ट भइसकेको थियो । मध्य प्रदेशमा भने कांग्रेस केही सिटमात्रै माथि रहेको छ । यद्यपि भाजपालाई सरकार बनाउनका लागि क्षेत्रीय दलहरुसँग मिल्नुपर्ने अवस्था छ तर त्यसो गर्न सजिलो भने छैन । यी पाँच प्रदेशका निर्वाचनलाई आगामी मे महिनामा हुन लागेको संसदीय निर्वाचनको पूर्वसंकेतका रुपमा पनि व्याख्या गरिएको छ ।  

यो पटक चुनावमा देखिएको ग्रामीण असन्तोषका मुद्दाहरू नै आगामी वर्ष हुने आमनिर्वाचनका बेला पनि विशेष चर्चामा रहने भारतीय विश्लेषकहरुको भनाइ रहेको छ । भारतका ग्रामीण क्षेत्रमा बेरोजगारी, विकासको अभाव र कृषि संकट विशेष असन्तोषका मुद्दा हुन् । प्रधानमन्त्री मोदीलाई अहिलेपनि भारतमा प्रभावशाली व्यक्तित्वकै रुपमा लिने गरिएको छ । 

तर, उनले विगतमा गरेको बाचा पूरा नगरेको आरोप भने खेपिरहेका छन् । उनले धर्मको एजेण्डा बढी उचालेको र विदेश भ्रमणमात्रै बढी गरेको आरोप पनि छ ।  कांग्रेसले भने यो बीचमा विकासका मुद्दालाई बढी उठाएको थियो ।  मंगलबार देखिएको निर्वाचन मत परिणामले राहुल गान्धी नेतृत्वको कंग्रेस पार्टीमा राम्रो उर्जा थपेको सबैले स्वीकारेका छन् ।  
(एजेन्सीहरुको सहयोगमा) 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC