site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
४ महिनामा १५७६ कर्मचारी ६२२२ दिन विदेशमा, घुमफिरमा ३७ करोड स्वाहा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो चार महिनामा राज्यकोषको दोहन गर्दै १ हजार ५ सय ७६ जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेको पाइएको छ । आर्थिक वर्ष २०७५–०७६ सुरु भएयताको चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा ती कर्मचारीले ३९ भन्दा बढी देशको भ्रमण गरी त्यहाँ ६ हजार २ सय २२ दिन बिताएका छन् । कर्मचारीले चार महिनामा विदेश भ्रमण गर्दा राज्यकोषबाट ३७ करोड ७ लाख ५८ हजार रुपैयाँ खर्च भएको पाइएको छ । 

“सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न सकिएको छैन । विदेश भनेपछि जस्तो कार्यक्रममा पनि जाने गरेको पाइयो,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “नयाँ आर्थिक वर्ष सुरु भएपछिको चार महिनामा पन्ध्र सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा निस्केका छन् । सबै कर्मचारीले विदेशमा बिताएको दिन जोड्दा ६ हजार भन्दा बढी दिन हुन आउँछ । यति ठूलो संख्यामा कर्मचारीले त्यति धेरै दिन विदेशमा बिताउँदा सरकारी सेवा कति प्रभावित भयो होला ? यो बुझ्ने कोही छैन ।” 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पछिल्लो चार महिनामा विभिन्न मन्त्रालय तथा त्यस अन्तर्गतका कार्यालयका ७ सय ९ टोलीले विदेश भ्रमण गरेका छन् । यी टोलीमा १ हजार ५ सय ७६ कर्मचारी रहेका थिए । अर्थ मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा विदेश भ्रमणको लागि छ्ट्टयाईएको १ अर्ब ३७ करोड २० लाख रुपैयाँ बजेटमध्ये पहिलो चार महिनामा ३७ करोड ७ सय ५८ हजार रुपैयाँ खर्च भैसकेको छ । भ्रमणमा जाने कर्मचारीमध्ये धेरैजसोले आयोजकको खर्चमा विदेश गएको उल्लेख गरेपनि पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा एक जना कर्मचारीले विदेश भ्रमणमा करिब साढे २ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“यति ठूलो खर्च राज्यले धान्न सक्दैन । कर्मचारीको अनावश्यक विदेश घुमफिरलाई निरुत्साहित गर्नुपर्छ । यहाँ लगाम लगाउने कोही नहुँदा कर्मचारी मनपरी विदेश भ्रमणमा निस्केका हुन्,” अर्थ मन्त्रालय स्रोतले भन्यो । 

चार महिनामा कर्मचारीले विदेशमा घुमेको ६ हजार २ सय २२ दिन भनेको १७ वर्ष भन्दा बढीको अवधि हो । यदि एउटा कर्मचारी मात्र त्यति दिन विदेशमा बिताउँथ्यो भने उसले करिब १७ वर्ष भन्दा बढी समय विदेशमा बिताउँथ्यो । “कर्मचारी विदेश जाँदा यहाँ सेवा प्रभावित हुन्छ । सेवाग्राहीले भनेको बेला सेवा पाउँदैनन् । अत्यावश्यक कार्यक्रममा जानुपर्छ तर लाजै लाग्ने गरी लर्को लागेर विदेश जानु इमान्दार कर्मचारीकै लागि लज्जाको विषय हो,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले भन्यो । 

Global Ime bank

पछिल्लो चार महिनामा कर्मचारीले भ्रमण गरेका देशमा चीन, इन्डोनेसिया, भुटान, मलेसिया, फ्रान्स, इटाली, जापान, सिरिया लियोन, अमेरिका, थाईल्याण्ड, क्याम्बोडिया, भारत, कोस्टारिका, स्वीट्जरल्याण्ड, फिलिपिन्स, इक्वेडर, जर्मनी, युनाईटेड अरब इमिरेट्स, बेलायत, दक्षिण कोरिया, युगाण्डा, बंगलादेश, अष्ट्रिया, दक्षिण अफ्रिका, ब्राजिल, सिंगापुर, नर्वे, श्रीलंका, जर्मनी, नेदरल्याण्ड्स, जर्जिया, कतार, इजिप्ट, बहराइन, फिनल्याण्ड, युक्रेन, क्यानडा, पोल्याण्ड, म्यानमार लगायत छन् ।  

सबैभन्दा बढी विदेश जानेमा रक्षा मन्त्रालय र त्यस अन्तर्गतका निकायका कर्मचारी छन् । रक्षा मन्त्रालय अन्तर्गत विदेश जानेमा सबैभन्दा ठूलो संख्या सेनाको छ । सैनिक अधिकृत तथा जवानहरु विभिन्न तालिम तथा सेमिनारमा सहभागी हुन विदेश जाने गरेको पाइएको छ । पछिल्लो चार महिनामा रक्षा मन्त्रालय र अन्तर्गतका निकायका ४ सय २२ जनाले विदेश भ्रमण गरेका थिए । रक्षा मन्त्रालय र अन्तर्गतका कर्मचारीले चार महिनाको अवधिमा कूल १ हजार ७ सय ५ दिन विदेशमा बिताएको देखिन्छ । 

विदेश भ्रमण गर्ने दोस्रो ठूलो संख्या संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको छ । पछिल्लो चार महिनामा संघीय मामिलाका २ सय १७ कर्मचारीले विदेश भ्रमण गरेका छन् । उनीहरुले कूल १ हजार ४० दिन विदेशमा बिताएका थिए । विदेश जाने तेस्रो ठूलो संख्या गृह मन्त्रालय र यस अन्तर्गतका निकायका कर्मचारीको छ । पछिल्लो चार महिनामा गृह र यस अन्तर्गतका निकायका १ सय ५१ कर्मचारीले विदेश भ्रमण गरेको देखिन्छ । यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान समेत पर्छन् । उनीहरुले चार महिनामा कूल २ सय ५ दिन विदेशमा बिताएका छन् । 

विदेश भ्रमण गर्नेमा चौथो ठूलो संख्या वन तथा वातावरण मन्त्रालयका कर्मचारीको छ । चार महिनामा उक्त मन्त्रालयका ९९ जना कर्मचारीले कूल २ सय ८२ दिन विदेशमा बिताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारी बढी विदेश भ्रमण गर्नेको सूचीमा पाँचौं नम्बरमा परेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ८५ कर्मचारीले चार महिनाको अवधिमा कूल १ सय ६७ दिन विदेशमा बिताएका छन् । परराष्ट्र मन्त्रालयका ४१ कर्मचारीले पछिल्लो चार महिनामा कूल ३ सय ७७ दिन विदेशमा बिताएको देखिन्छ । अर्थ मन्त्रालयका ८१ जना कर्मचारीले गएको साउन, भदौ, असोज र कात्तिक महिनामा कूल ३ सय ५५ दिन विदेश भ्रमणमा बिताएका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार सबैभन्दा कम विदेश भ्रमण गर्ने कर्मचारीमा क्रमशः युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेका छन् । पछिल्लो चार महिनाको अवधिमा युवा तथा खेलकुद मन्त्रालयबाट ७ जना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ८ जना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट ८ जना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट १० जना र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ११ जना कर्मचारीले विदेश भ्रमण गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC