अर्थ व्यवसाय
काठमाडौं । एनआईसी एशिया बैंकले आईएमर्ई लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ७० वटै शाखाबाट आईएमई लाइफको जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरे ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५ १८:२८
प्रतिक्रिया दिनुहोस्