site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिको गाडी खरिद प्रकरण– सांसदहरुबीच भनाभन
Sarbottam CementSarbottam Cement

सार्वजनिक लेखासमितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सभापति भरतकुमार शाह आफ्नो धारणा राख्दै । तस्बिर : रत्न श्रेष्ठ, रासस ।


काठमाडौं । राष्ट्रपतिको गाडी खरिद प्रकरणको विषयलाई लिएर संसदीय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच विवाद भएको छ । सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेपछि दुई दलका सांसदबीच विवाद भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा समितिमा छलफल गर्नुपर्ने माग गरेका थिए भने त्यसको प्रतिवाद गर्दै सत्तारुढ नेकपाका सांसद सूर्य पाठकले संसदीय समितिलाई कामै गर्न नदिने नियतका साथ सो प्रस्ताव आएको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा वाइडबडी विमान खरिद सम्बन्धमा छलफल सकिएपछि सुरु भएको विविध शीर्षक अन्तर्गतको छलफलमा भाग लिँदै कांग्रेस नेता रिजालले राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा संसदीय समितिले जानकारी लिन पाउनुपर्ने बताएपछि दुई दलका नेताहरुबीच भनाभन सुरु भएको थियो । त्यसै क्रममा सत्तारुढ नेकपाका सांसद पाठकले कांग्रेस नेता रिजालको सो प्रस्ताव संसदीय समितिलाई असफल बनाउने नियतका साथ आएको भन्दै आपत्ति जनाए ।

Global Ime bank

कांग्रेस नेता रिजालको सो प्रस्ताव सार्वजनिक लेखा समितिको क्षेत्राधिकार भित्र समेत नपर्ने सत्तारुढ नेकपाका सांसद पाठकको तर्क थियो । उनले सार्वजनिक लेखा समितिले सरकारको सबै क्षेत्रको अध्ययन गर्न नसक्ने दाबी पनि गरे । 

बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका अर्का सांसद राजन केसीले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्न तत्कालीन सरकारले जम्मा गरेको बजेटबारे जानकारी गराउन पनि सरकारसँग माग गरे ।

दुवै दलका सांसदबीच राष्ट्रपतिको गाडी खरिद प्रकरणका विषयमा भनाभन भइरहँदा बैठकमा समितिको वार्षिक कार्ययोजना बनाएर अघि बढने विषय ओझेलमा पारिएको भन्दै सत्तारुढ दलका सांसदहरुले सभापति भरतकुमार शाहप्रति असन्तुष्टि जनाएका थिए । 

राष्ट्रपति विद्या भण्डारीलाई १८ करोडको गाडी खरिद गर्ने सरकारको तयारी भन्ने विषय बाहिर आएपछि सोही विषयलाई लिएर सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुबीच विवाद भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC