site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जकार्ता । इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको नृशंस हत्या गरेका थिए । 

कामदारको हत्यापछि सेनाले गरेको कारबाहीमा निर्दोष गाउँले मारिएको विवरण सार्वजनिक भएको छ । पपुआ विद्रोही समूह र सेनाबीच पछिल्लो एक दशकदेखि सङ्घर्ष जारी छ । यद्यपी दुबै पक्षबाट मानव अधिकारको गम्भीर उल्लङ्घन भएका खबरहरु आइरहेका छन् । 

इन्डोनेसियाको सेनामाथि आम नागरिकमाथि मानवीय दुव्र्यवहार गर्ने गरेको आरोप लाग्दै आएको छ । विभिन्न समूहमा बाँडिएका विद्रोहीहरुले स्वतन्त्र पपुआ राज्यको माग पूरा नहुन्जेल छापामार युद्धलाई निरन्तरता दिने बताएका छन् । पपुआ द्वीप क्षेत्र पपुआ न्यू गिनीसँग सीमा जोडिएको स्थान हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विद्रोहीका प्रवक्ता सेब्बी सामबोमले पपुआ आफ्नो मातृभूमि रहेको र यसमाथि कसैले दाबी गर्न नसक्ने बताए ।  

विगतमा डच उपनिवेश रहेको पपुआ सन् १९६१ मा स्वतन्त्र राष्ट्रका रुपमा घोषणा गरिएको थियो, तर छिमेकी इन्डोनेसियाले त्यसको दुई वर्षपछि नै पपुआलाई जबर्जस्ती आफ्नो नियन्त्रणमा लिएको थियो । इन्डोनेसियाले त्यसबखत स्वतन्त्रताका लागि जनमतसङ्ग्रह गर्ने वचनबद्धता जनाए पनि आजसम्म नगरेको विद्रोहीको भनाइ छ । 

Global Ime bank

जकार्ताले राष्ट्रसंघको अगुवाईमा गराएको मतदानको आडमा खनिज–सम्पन्न पपुआलाई सन् १९६९ मा आफैंमा गाभेको थियो । 

इन्डोनेसियाका प्रमुख सुरक्षामन्त्री विरान्तोले नेसनल लिबरेसन आर्मी अफ पपुआसँग वार्ताको सम्भावना नरहेको धारणा सार्वजनिक गरेलगत्तै विद्रोहीहरुले आत्मसमर्पणको प्रस्ताव अस्वीकार गरेका थिए । विरान्तोले जकार्तामा पत्रकारहरुलाई भने । “म आपराधिक समूहहरुसँग वार्तामा बस्दिनँ । उनीहरुले भनेका कुरा झुठा हुन् । उनीहरुले अमानवीय कार्य गरेका छन् ।” 

यो समूहले कामदार हत्याको जिम्मेवारी लिएको छ । विद्रोही लडाकूहरुले कामदारलाई गोली हानी हत्या गरेको सरकारी सेनाले जनाएको छ । 

पीडितहरु पुल र सडक निर्माणमा संलग्न कामदार हुन् । इन्डोनेसियाको सरकारी कम्पनीले गरिबीको चपेटामा परेको यस क्षेत्रमा सडक र पुल निर्माण गरिरहेको छ । विद्रोहीहरुले उक्त परियोजना सैनिक नियन्त्रणमा रहेकाले आक्रमण गरेको स्पष्ट गरेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC