site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. महतको टिप्पणी–सरकारका ठूला कुरा र सपना नै संकट बन्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस नेता डा. रामशरण महतले सरकारको फजुल खर्च गर्ने प्रवृत्ति बढेको बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा. महतले सरकार पपुलारिटी कमाउन आफ्नो क्षमताको ख्यालै नगरी प्रचारमुखी बनेको आरोप लगाएका हुन् ।

सरकारले मितव्ययिता शब्द नै भुलेको उनको आरोप छ । राजनीतिक संक्रमणको अभावको अन्त्य भएपनि योजना कार्यान्वयनको अन्त्य नभएको बताउँदै नेता महतले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लगाउँदा जनताले पत्याएको दुई तिहाइको म्यान्डेट बिर्सिएको दाबी गरे ।

सरकारको नौ महिनाको उपलब्धि ‘हुने बिरुवाको चिल्लो पात’ नभएको बताउँदै उनले यो उपलब्धिले नेपाली जनताको भविष्य अन्योलमा रहेको दाबी उनले गरे । उनले भने, “यो समयमा सरकारले आफ्नो जिम्मेवारीको प्राथमिकता पहिचान गर्न सकेन । विकास जुन गतिले हुनुपर्ने भएन । कुरा ठूला भए, सपना ठूला देखाइए । तर, देखाइएका सपना जनताको लागि संकट बने ।”

Prabhu Bank
Agni Group
NIC Asia

सुहाउँदो जनशक्ति तथा सुशासनको अभावले जिम्मेवारी र सरकारी ढुकुटीको रकमको बाँडफाँटमा समस्या निम्तिएको उनको दाबी छ । 

सरकारको फजुल खर्चे प्रवृत्ति जोड्ने क्रममा उनले उच्च आहोदाको विदेशी पाहुनाको लागि गेस्ट हाउस, मन्त्री क्वाटर आदि सबै सरकारको ढुकुटि स्वाहा पार्ने अभियान भएको उनको आरोप छ । वर्षौंदेखिको सरकारी योजनाको श्रेय आफ्नो नाममा पार्ने ठूला तस्बीर पोलपोलमा झुन्ड्याएको उनको आरोप छ ।

Global Ime bank

सरकारद्धारा ठूलठूला कुरा गरेर आशा देखाइए तापनि वास्तविक समस्या बुझेर समाधान गर्नेतर्फ ध्यान नजाँदा संरचनागत परिवर्तनका वावजुद पनि मुलुकको आर्थिक अवस्थामा परिवर्तन आउन नसकेको उनको धारणा छ ।

उनले थपे, “व्यवसायी सरकारको विरोधमा छन् । सुशासनको अभाव छ । आर्थिक वृद्धिको ठूला सपना यस्तो प्रणालीले कसरी सम्भव होला ?” सरकार राजनीतिक स्वार्थमा लिप्त हुँदा आफू कुन विकास नीति अवलम्बन गर्दैछु भन्नेसम्म भुलेको उनको दाबी छ ।

सोही अवसरमा उनले अर्थतन्त्रको प्रमुख सूचकहरु मध्येको एक रहेको सेयर बजार नौ महिनासम्म ३ सय अंकले घट्नु नराम्रो संकेत भएको बताए ।

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC