site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रियोग हाई स्कुलका कपिल घिमिरेले छैटौं तथा अन्तिम चरणमा पिस नेपाल स्कुलका राज खड्कालाई पराजित गर्दै अन्तर विद्यालय फओजी बुद्धिचाल प्रतियोगिताको सिनियरतर्फको उपाधि जितेका छन् । 

सदर चिडियाखानाको २३औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामास्विस लिग प्रणालीअनुसार कपिलले छैटौं चरणसम्म लगातार विजय हासिल गर्दै पूरा  ६ अंक हात पारे ।

पृथ्वी स्कुलका राहुलमान मण्डल ५ अंकसहित उपविजेता हुँदा समान ५ अंक हातपारेका ज्ञानोदय रेसिडेन्टल स्कुलका विवेक चौलागाई तेस्रो भए ।  यसेगरी आदर्श जनप्रेमी स्कुलका दिक्षान्त दाहाल चौथो, पृथ्वीका विभव बस्नेत पाँचौं, पिस नेपालका राज छैटौं तथा सुदेशा स्कुलका रोहन तामाङ सातौं भए ।
जुनियरतर्फ निसर्ग बाटिकाका अणुष्न गौतमले अन्तिम चरणमा क्रिएटिभ एकडेमीका रेहान महर्जनसँग बराबरी खेल्दै साढे ५ अंक सहित उपाधि जित्दा ५ अंक हासिल गरेका त्रियोग स्कूलका मार्सल तामाङ दोस्रो तथा आदर्श जनप्रेमीका आदित्य सिंह तेस्रो भए । क्रिएटिभ एकडेमीका रेहान महर्जन चौथो हुँदा सुदेशा स्कूलका सुशान्त थापा पाँचौं, सुदेशा स्कूलकै रोनीश दास छैटौं तथा ऐभरेष्ट इङलिस स्कूलका डेविड दुवाल सातौं भएको नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले जानकारी गराए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC