site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विद्यार्थीलाई पढाईमा केन्द्रीत गर्न र समृद्धिको सम्भावना बढाउन समयसापेक्ष पाठ्यक्रमको आवश्यकता रहेको विज्ञहरुले बताएका छन् । विज्ञहरुले आवश्यकतामा आधारित पाठ्यक्रम नहुँदा समृद्धिको संभावना निरन्तर कमजोर बन्दै गएको र यसले नेपाली विद्यार्थीलाई विदेशिने क्रम बढाएको टिप्पणी गरेका छन् ।
राजधानीमा आयोजित दुई दिने शिक्षा अधिकारका लागि राष्ट्रिय नागरिक सम्मेलन कार्यक्रममा सहभागी विज्ञहरुले पाठ्यक्रम र गुणस्तरीय शिक्षा प्रवद्र्धनका विविध आयाममा छलफल गरेका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै शिक्षा विज्ञ नवीन ढुंगानाले समय सान्दर्भिक पाठ्यक्रमको अभावमा हजारौं विद्यार्थी विदेशिनु परेको तथ्य प्रस्तुत गरेका थिए । 
“विदेशबाट जति नै रेमिटेन्स भित्रिए पनि त्यसको दोब्बर रकम नेपाली विद्यार्थी मार्फत विदेश जान्छ ।” शिक्षा विज्ञ ढुंगानाले चिन्ता व्यक्त गरे, “तर, यसबारे सरकारले कुनै पनि अध्ययन गर्न सकेको छैन । जुन दुःखद पक्ष हो ।”
समृद्धिको संभावना, रोजगारीको सिर्जना लगायतका पक्षमा पाठ्यक्रमको संरचनाले खेल्ने भूमिकाका बारेमा समेत कार्यक्रमका सहभागीहरुले छलफल गरेका थिए ।  लू निभाः बाल सरोकार समूहले आयोजना गरेको सम्मेलनमा शिक्षाका विभिन्न विषयका ६ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC