site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खरको छानो मुक्त बन्दै गौमुखी गाउँपालिका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्युठान । “अब वर्षैपिच्छे छानो छाउने र वर्षामा चुहिने समस्याबाट मुक्ति पाइने भइयो,” गौमुखी–३, रजबाराकी तिला मल्लले सुखको हाँसो हाँस्दै भनिन्, “गाउँघरमै सरकार आएको बल्ल महसुस भयो ।” 
वर्षौदेखि खरको छानोले छाएको कच्ची घरमा बस्दै आएको तिलाको परिवारले धेरै वर्षात् र हिउँदहरु पानी चुहिने छानोमुनि बिताएको छ । विगतका कहालीलाग्दा दिनहरु सम्झँदा तिला निकै भावुक हुने गर्छिन् । खरले छाएको छानोबाट वर्षायाममा पानी चुहिँदा रातभर जाग्राम बसेका नमीठा भोगाइहरु अहिले पनि स्मृतिमा ताजै छन् । 
तिलामात्रै होईन, रजबाराका उनीजस्तै ५ सय ५ घरधुरीले गौमुखी गाउँपालिकाबाट घर छाउनका लागि टिन पाउने भएका छन्  । खरको छानो मुक्त बनाउने गाउँपालिकाको योजना अनुसार चालू आर्थिक वर्षमा १ करोड २८ लाख ४४ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको थियो । 
रजबारा गाउँबाट सुरु गरिएको खरको छानोमुक्त अभियान अन्तर्गत गाउँपालिका भित्रका १ हजार ६ सय ३३ घरपरिवारलाई ५ हजार ५ सय ५४ बण्डल जस्तापाता वितरण गरिनेछ । 
“विपन्न समुदायको आवासलाई सुरक्षित बनाएर गाउँको मुहार नै फेरिने अपेक्षा लिएका छौं,” गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले भने, “सडक र पुल निर्माणमात्रै विकास होईन, नागरिकको जिउधनको सुरक्षा गर्नु पनि स्थानीय सरकारको दायित्व हो ।”
पुर्खौंदेखि खरको छानोको प्रचलन रहेको गौमुखी गाउँपालिकामा अब जता हेर्यो, टिनले छाएका घरहरु देखिने गौमुख गाउँपालिकाका ३ नम्बर वडा अध्यक्ष जङ्गबहादुर पुनले बताए । गाउँपालिकाले खरको छानो मुक्त अभियानका लागि एक कार्यविधि बनाई विपन्न परिवार पहिचान गरेर जस्ता पाता बाँड्न थालेको हो । 
जस्तापाता खरीद र ढुवानीमा वडा कार्यालय मार्फत गाउँपालिकाले बजेट प्रदान गरेको छ भने घर छाउने कार्य स्वयंम व्यक्तिले गर्नुपर्नेछ । घर निर्माण गरी छाउनका लागि ठिक्क भएपछि मात्रै वडा कार्यालयमा निवेदन दिएपश्चात् जस्ता पाता पाइनेछ । स्थानीय सरकारको यो अभियानले नागरिकहरु उत्साहित भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC