site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बीमा कम्पनीहरुलाई खुसीको खबर, चुक्तापुँजी पुर्‍याउने समय ६ महिना थप
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई चुक्तापुँजी पुर्याउने समय थप गर्ने भएको छ । पूर्वनिर्धारित समयमा बीमा कम्पनीहरुले तोकेबमोजिम चुक्तापुँजी पुर्याउन नसकेपछि समितिले यसमा केही खुकुलो गरेको हो ।
यससँगै तोकिएको समयमा न्यूनतम चुक्ता पुँजी पुर्याउन नसकेका बीमा कम्पनीले राहत पाएका छन् । समितिले जीवन बीमा कम्पनीहरुलाई पुस मसान्तसम्म २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । यो मितिमा समितिले ६ महिना थप गरिदिएको छ । यससँगै बीमा कम्पनीहरुले २०७६ असार मसान्तसम्ममा न्यूनतम चुक्तापुँजी पुर्याउन पाउने भएका छन् । 
बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले बीमा कम्पनीहरुलाई चुक्तापुँजी वृद्धिको समयावधि बढाउन लागिएको जानकारी दिए । देशको आर्थिक अवस्था परिवर्तन भइसकेको, लगानी योग्य पुँजीको कम रहेको तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गर्ने क्रममा रहेको हुनाले समयसीमा बढाउन लागिएको चापागाईंले बताए ।
उनले भने, “न्युनतम चुक्तापुँजी पुर्याउन निर्देशन दिएको समय ब्याजदर न्यून थियो, अहिले बढेको छ । त्यसैगरी, बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेको बताइएको छ । एनएफआरएस पनि लागू हुने क्रममा रहेका कारण हामीले समयसीमा बढाउने तयारी गरेका छौं ।” उनका अनुसार यही साताभित्र समितिले निर्णय गरिसक्ने छ ।
उनले भने, “पुँजी वृद्धि गर्न बीमा समितिले निर्देशन दिएको थियो । त्यतिबेला तरलता संकट थिएन । अहिले तरलता संकट भएको छ, जसले गर्दा लगानीकर्ताले पुँजी जुटाउन गाह्रो भएको देखिएको छ ।”
समितिले सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक निर्देशन दिने तयारी गरेको छ । यसअघि पुँजी वृद्धिको समय २०७५ असार मसान्तसम्म तोकिएको थियो । विशेष अवस्थामा कम्पनीहरुले ३–३ महिना गरी बढीमा छ महिना समय थप्न पाउने व्यवस्था थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC