site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मलाको जन्मदिनमा सडकमै होम, न्यायका लागि दबाब (भिडियोसहित)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको आज (बुधबार) जन्मदिनको अवसरमा सडकमै होम गरिएको छ । गत साउन ११ गते मृत अवस्थामा फेला परेकी निर्मलाको आत्माको शान्तिको लागि भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सडकमै होम गरिएको हो ।

होममा निर्मलाकी आमा दुर्गादेवी, नागरिक समाज तथा स्थानीय र अधिकारकर्मीको सहभागिता रहेको थियो । हत्यारा पत्ता लगाउन र घटनाको निष्पक्ष छानबिनका लागि दबाबस्वरुप सडकमै होम गरिएको अधिकारकर्मी शारदा चन्दले बताइन् । निर्मलाको फोटो राखेर धार्मिक परम्पराअनुसार पण्डित केशवप्रसाद उपाध्यायले पूजा गरेका थिए । 

उता, निर्मला हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका भीमदत्तनगर–१८ भगतपुरका विशाल चौधरी र प्रदीप रावलका आफन्तले कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । प्रहरीले प्रदीप र विशाललाई फसाउन खोजेको आरोप उनीहरुको छ । गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते घरनजिकै रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । बलात्कारपछि निर्मलाको हत्या भएको पुष्टि भए पनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन । अनुसन्धानका क्रममा हालसम्म १० जनाको डीएनए परीक्षण गरिसकिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC