site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भीमदत्तले ब्रह्मदेब बजार जोड्ने नेपाली भूमिको सडक कालोपत्रे गर्ने, ८० लाखको लगत इष्टमेट तयार
Sarbottam CementSarbottam Cement

महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यालयले ब्रह्मदेब बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत इष्टमेट तयार गरेको छ । भीमदत्तको भौतिक पूर्वाधार तथा योजना शाखाले सडक कालोपत्रेको अनुमानित लगत इष्टमेट तयार गरेको हो । 

यसअघि भारतले एकलौटी रुपमा नेपाली भूमि मिच्ने गरी ब्रह्मदेब बजारसम्मको सडक कालोपत्रे निर्माण सुरु गरेको थियो । स्थानीय प्रशासनले नेपाली भूमिमा भारतलाई सडक बनाउन रोक लगाएपछि नगरपालिका कार्यालयले आफ्नै लगानीमा कालोपत्रे गर्न लागेको हो ।  भीमदत्त नगरपालिकाका नगर प्रंमुख सुरेन्द्र विष्टले नेपाली भूमिको सडक कालोपत्रेका लागि नगरपालिकाले लगत इष्टमेट तयार गरेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘ब्रह्मदेब बजारसम्म जोड्ने बाँध पूर्वपट्टिको नेपाली भूमिको सडक आफ्नै लगानी बनाउँछौ, कालोपत्रे गर्छौ,’ नगर प्रमुख विष्टले भने ,‘कालोपत्रेका लागि लगत इष्टमेट तयार गरिएको छ, त्यस अनुसार बजेट व्यवस्था गरी कालोपत्रे सुरु गर्छौ ।’ सडक कालोपत्रेत्रका लागि ८० बजेटको लगत इष्टमेट तयार गरिएको भीनपा भौतिक पूर्वाधार तथा योजना शाखा प्रमुख इन्जिनियर जयराज भट्टले जानकारी दए ।

‘८० लाख खर्चको लगत लाग्ने गरी सडक कालोपत्रेको इष्टमेट तयार गरिएको छ’ इन्जिनियर भट्टले भने, लगत इष्टमेट तयार गरी बजेट व्यवस्था गरी सडक कालोपेत्र सुरु गर्छौ ।’
उनका अनुसार एक सय ३५ मिटर लम्बाईको सडक १२ मिटर चौडा हुनेछ । भारतले आफ्नो भूमिमा बनाएको १२ मिटर चौडा सडक कालोपत्रे गरेको छ । 

Global Ime bank

भारतले टनकपुर ब्यारेजदेखि ब्रह्मदेब बजारसम्म सडक कालोपत्रे कार्य अघि बढाएको थियो । स्थानीयले प्रशासनलाई जानकारी दिएपछि तत्काल सडक कलोपत्रे रोकिएको थियो । भीमदत्तका नगर प्रमुख विष्टले भारतीय पक्षले नेपाली भूमिमा बनाउन लागेको सडक कालोपत्रे रोक्नका लागि कञ्चनपुरका संघीय र प्रदेश साँसद सहित तत्कालिका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, सुरक्षा अधिकारीसित पहल गरेका थिए ।

‘हामी अर्काको भूमि मिच्दैनौ, आफ्नो एक इन्च पनि जमिन गुमाउँदैनौ, आफ्नो भूमिमा हामी आफैं सडक कालोपत्रे गर्छौ, त्यो बेला भारतलाई सडक कालोपत्रे गर्न रोक लगायौ’ नगर प्रमुख विष्टले भने,‘नगरपालिका यसलाई छिट्टै सुरु गरी कालोपेत्र गर्छ ।’  टनकपुर बाँधको पूर्व पट्टिको एफ्लेक्स बण्डमा ५ सय ७७ मिटर नेपाली भूमि प्रयोग गरिएको छ । बाँध बनाउने क्रममा सीमा स्तम्भ हराएपछि सीमा विवाद बल्झिएको हो । सीमा स्तम्भ नं। ३ अहिलेसम्म गायब छ । त्यहींदेखि ब्रह्मदेब बजारसम्म नेपाली भूमि पर्छ । भारतले टनकपुर बाँध बनाउँदा सीमा स्तम्भ गायब पारिएको स्थानीय बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC