प्रविधि
सन फ्रान्सिस्को । बमको धम्कीको लगत्तै अधिकारीहरुले मंगलबार फेसबुकको सिलिकन भ्यालीस्थित हेडक्वार्टर प्रहरीले खाली गरेको छ । एक घण्टा पछि त्यहाँ केही पनि नभएको सूचना प्रहरीले दिएको छ । न्यूयोर्क प्रहरीलाई यसबारेमा कसैले सूचना दिएको जनाइएको छ ।
प्रहरीले मंगलबार अबेर सो कार्यालय सुरक्षित रहेको जनाएको थियो । विस्फोटक पदार्थको अनुगमन गर्न सक्ने कुकुरको प्रयोग गर्दापनि त्यस्तो सामग्री नभेटिएको प्रहरीले जनाएको छ ।
(एजेन्सी)
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५ १३:०४
प्रतिक्रिया दिनुहोस्