site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ईपीएलमा विदेशी खेलाडी बिदा मनाउन आएको दाबी ! पैसा कमाउन कोही नेपाल आउँदैन–अख्तर
Sarbottam CementSarbottam Cement

काठमाडौं । यसअघिको दोस्रो संस्करणमा एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेता टिम विराटनगर वारियर्सले २१ लाख नगद पुरस्कार पाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको आज पाँचौं दिन हो । तर यसपाली आयोजकले अहिलेसम्म पुरस्कार राशि सार्वजनिक गरेको छैन ।

प्रत्येक वर्ष पुरस्कारमा वृद्धि गर्ने परम्पराजस्तै रहेको नेपालमा ईपीएल संयोजक आमिर अख्तरले आफू भने परम्परागत रुपमा पुरस्कार राशि घोषणा गर्ने मनसायमा नरहेको बताएका छन् । 

छिट्टै पुरस्कार राशि घोषणा गर्ने बताउँदै आएका अख्तर भन्छन् “प्रतियोगिता गर्न पुरस्कार घोषणा गर्नुपर्छ भन्ने छैन । हामीले प्रतियोगिताको आकर्षक बढाउने हो । विश्वका चर्चित लिगहरुमा पनि पुरस्कार राशि घोषणा गरिन्न । म समय आएपछि पुरस्कार राशि घोषणा गर्छु । तर, कसैको दबाबमा आएर होइन ।”

Prabhu Bank
Agni Group
NIC Asia

अख्तरले पुरस्कार राशि सार्वजनिक गर्न कसले दबाब दियो भन्ने चाहिँ खुलाएनन् । प्रतियोगिता अघिल्लो वर्षको तुलनामा थप व्यवस्थित र भव्य भएको बताउँदै उनले त्यसलाई स्वभाविक र योजनाअनुसार अघि बढनाको परिणामका रुपमा व्याख्या गरे । “यदि हामीले कुनै काममा मेहनत गरेका छौं र त्यो योजनामा विश्वास गर्न सक्यौं भने सफलता पक्कै हात लाग्छ,” उनले जोडे ।

कीर्तिपुरको मैदान बलिङमैत्रि भनिँदै आए पनि जारी प्रतियोगितामा ब्याट्सम्यानहरुले खुलेर खेल्दा ठूला योगफलहरु बनिरहेका छन् । प्रतियोगिता बनेको रनबारे अख्तर भन्छन् “अहिलेसम्मका खेलमा राम्रो ब्याटिङ भइरहेको छ । ब्याट्सम्यानहरु पनि खुसी छन् ।”

Global Ime bank

सामान्य क्रिकेट प्रतियोगिताबाट सुुरु भएको ईपीएल अन्तर्राष्ट्रिय मापदण्डअनुसार भइरहेको अख्तरको दाबी छ । ईपीएल तेस्रो संस्करणसम्म आइपुुग्दा विश्व क्रिकेटमा आफुूलाई चिनाएका अनुहार कीर्तिपुरमा मैदान उत्रिन थालिसकेका छन् ।
विभिन्न देशका प्रभावकारी खेलाडी मैदान उतारेको ईपीएलमा अर्को चर्चाको विषय हो उनीहरुको पारिश्रमिक । तर, आयोजक अख्तर विदेशी खेलाडी ‘स्पोटर्स होलिडे’का रुपमा नेपाल आएको बताउँछन् । 

“सबैजना खेलाडीहरु नेपाल आएका छन् । उनीहरु क्रिकेट ‘होलिडे’ मा आएका छन् । उनीहरुको फ्लाइट पनि त्यसैगरि व्यवस्थापन गरिएको छ । नेपाल रहँदाको यहाँको खर्च टिम मालिकहरुले बेहोर्ने गरेर आएका छन्,” विदेशीले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिनै पर्ने बाध्यकारी व्यवस्था प्रतियोगितामा पालना नगरिएको अवस्थामा अख्तरले भने ।

विदेशी खेलाडीहरु पैसाका लागि भन्दा पनि यहाँको क्रिकेटका लागि आउने गरेको अख्तरको भनाई छ । “विदेशी खेलाडीहरु नेपाली क्रिकेटका लागि आएका हुन् । पैसाको लागि नेपाल कोही पनि आउँदैन्,” उनले भने ।

ईपीएलका ६ वटै सहरका टिमहरुले नेपाली खेलाडीलाई अक्सनमार्फत् टिममा आवद्ध गरेको थियो । विदेशी खेलाडीहरुलाई चाहिँ प्रदर्शनको आधारमा नेपाल बोलाइएको तर्क गर्दै अख्तरले विदेशी खेलाडीका लागि नेपालमा अक्सन गरेर टिममा राख्ने समय आइनसकेको बताएका छन् ।

“विस्तारै हामीकहाँ पनि विदेशी खेलाडीको अक्सन हुन्छ, होला । तर, तत्काललाई त्यो योजना छैन । ईपीएललाई अझै माथि उठ्न दिनुुस् । त्यसपछि हुन सक्छ,” नेपालमा क्रिकेटको नियामक निकाय क्यान अस्तित्वमा आएपछि विदेशी खेलाडीको पनि अक्सन सम्भव भएको बताउँदै अख्तरले थने “हामीले ठूूला खेलाडी ल्याउन थालेका छौं । भोलिका दिनमा क्रिकेट बोर्ड आउँछ । यस्तो काम गर्दा बोर्डको पनि भूूमिका रहन्छ । त्यसपछि मात्रै हामी विदेशी खेलाडीको अक्सन बारे सोच्न सक्छौं । तर, अहिलेको अवस्थामा विदेशी खेलाडीको अक्सन सम्भव नै थिएन ।”

प्रत्येक टिमले तीन जना विदेशी खेलाडी राख्नुपर्ने अनिवार्य नियमसँगै विश्व क्रिकेटका हस्ती मुलुुक इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीलाई मैदान उतार्न आफैँ पनि सक्रिय भएर लागेको अख्तरले बताएका छन् ।
“म आफै पनि खेलाडी हुँ । ६ वर्षसम्म इंग्ल्यान्डमा खेल्दा धेरै खेलाडीसँग मेरो व्यक्तिगत सम्बन्ध बनेको थियो । पाउल स्टर्लिङ, केभिन ओब्रायन वा रिचार्ड लेवीसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रो थियो । त्यसले पनि खेलाडी ल्याउन सहज भयो,” अख्तरले सुनाए “उनीहरुलाई आफ्नो योजना सुनाएँ । ईपीएलको  बारेमा । नेपाली क्रिकेटको बारेमा । सबै खेलाडीलाई सम्झाएँ । त्यसपछि टिम मालिकलाई भनेँ । यी–यी खेलाडी नेपाल आउन इच्छुुक छन्, तपाईंहरु ल्याउने भए ल्याउन सक्नुहुन्छ भने ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC