site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सुध्रने कि झन् खराब बन्ने ?

“बूढाखाडासँग कुरै मिल्दैन, उहिलेका चलन खुइलिए !” अभिभावक पुस्तासँग खटपट हुँदा पछिल्लो पुस्ताले गर्ने सबैभन्दा बलियो तर्क (?) यही हो । समाजशास्त्रमा चाख राख्ने कसैले यो वाक्य सुन्दा पुस्तान्तरणको अपुरो र अधुरो संकेत प्राप्त गर्छ । युवा पुस्तालाई प्रयोग गर्ने राजनीति र शक्तिसमूह चाहिँ नयाँ पुस्ताको यही अपुरो र अधुरो संकेतलाई भरपूर प्रयोग गर्छ । निश्चित समयका लागि ‘र्‍याडिकल’ बनिदिने र उही जोडघटाउको शक्तिका लागि जुध्ने शक्तिहरुले त अझ ‘पुरानोको ध्वंश र नयाँ निर्माण’ पनि भन्न भ्याएकै हुन् । यहीकारण, विद्रोह भनिएका शक्तिआर्जनका पूर्वनियोजित हिंसाहरुमा राजमार्गमा पुल भत्काइए, साँघुका लठ्ठा काटिए, साबिकको तर्कमा दम देख्ने अभिभावक पुस्ताको त ज्यान नै लिनेसम्मको काम भयो । संस्कारलाई रछ्यानमा मिलाउने बेलगाम सोचले सामाजिक एकता र सद्भावलाई नै हदैसम्म खलबल्यायो । यो अझैसम्म जारी छ । यस्तो विद्रोहको नेतृत्वमा युवा पुस्ताकै बाहुल्य थियो र छ ।

नयाँ पुस्ताले इतिहास बदल्न लिएको निर्णय र कार्यान्वयनमा खेद व्यक्त गरिएको हैन तर व्यवहारमा संगती मिलाउन चुक्दा समाजदेखि समग्र मुलुक र विश्वमञ्चमा हाम्रो पुस्ताले अब्बल देखिन सकस भोगिरहेको छ । व्यवस्था परिवर्तनपछि पनि किन देशलाई परदेश र परदेशलाई घरदेश बनाउन हामी बाध्य छौँ ? किन फेरिएको व्यवस्थाको नयाँ दासका रुपमा युवा प्रयोग भइरहेका छन् ? यसो हुनुका पछाडि युवावर्गको विवेकमा कसैले बिर्को कसिदिएकाले हो या युवा नै जानाजान प्रयोग भइरहेका हुन् ? 

उमेर, अनुभव, व्यवहार र चालचलन आदिका हिसाबले समाजमा मुख्यत : दुईवटा पुस्ता हुन्छ । अभिभावक पुस्ता र नयाँ पुस्ता । ‘पुरानो पुस्ता’ लेख्नुको साँटो ‘अभिभावक पुस्ता’ लेख्नु उचित हुन्छ । अभिभावक पुस्ताको अनुभवले सँधै नयाँ पुस्ताको आँखा पढिरहेको हुन्छ, श्वासको गहिराइ नापिरहेको हुन्छ र नवीन कामहरुमा उत्प्रेरित गरिरहेको हुन्छ । बदलिँदो समाजलाई परिवर्तनको बेलगाम गतिबाट जोगाउन उही अभिभावक पुस्ताले नै सकी नसकी लगाम थामिदिएको छ । आज हाम्रो पुस्ता जटिलतामा फस्दा र कुनै उपाय निकाल्न नसक्दा पुरानो पुस्ताले विश्वासको छाता ओढाइरहेको छ : नयाँ र सजिलो बाटोमा हिँडाउनका लागि ।

Agni Group

पुस्तान्तरणका लागि अभिभावक पुस्ता र नयाँ पुस्ताबीच सन्तुलन पहिलो सर्त हो । राजनीतिमा त अनेक पुस्ता छ । यही कैयौं पुस्तान्तरणको माकुरेजालो केलाउन खोज्दा हामी निचोडको साटो एउटा एउटा पुस्ताको जालमा फस्नुपर्ने अवस्था उत्पन्न भएको छ । किनभने, व्यवस्था चलाउने ठाउँमा पुगेको कोही युवा मन्त्री उसको पार्टीको गुटभित्रको उपगुटको गोटी बनिरहेको त हामीले देखेकै छौँ । 

दुई फरक राजनीतिक दर्शन र आस्था भएका युवाबीच मुलुकको साझा र समसामयिक आवश्यकतामा मतभेद हुनुको प्रमुख कारण उही अनेक पुस्ताको माकुरेजालो हो । यस्तो अवस्थाबीच विश्वविद्यालयमा पढिरहेका भावी ‘थिंकट्यांक’ वा कामकाजी पेसाकर्मीले निहित स्वार्थका लागि संगठन वा हाकिमको चाकरी गरिरहेको देख्नु आश्चर्य भएन । आप्mनै पहलमा रीतिस्थिती र व्यवस्था फेरेको युवा पुस्तालाई यो घनचक्करमा फस्ने छुट भने हुँदैन । 

Global Ime bank

फ्रेन्च समाजशास्त्री डेविड इमाइल दुखाइमपछि ‘नलेज अफ सोसोलोजी’मा अधिक समय खर्चिएका हंगेरीमा जन्मेका समाजशास्त्री कार्ल मेनहेमले एक पुस्ता अर्को पुस्ताबाट कसरी अलग्गिइरहेको छ भन्नेबारे प्रारम्भिक चरणमै विश्लेषण गरिदिएका हुन् । युवा पुस्ता प्रौढ पुस्तामा बदलिँदा देखिने परिवर्तन एवं पुस्तान्तरणले घर, सामाजिक परिवेश एवं विभिन्न सामाजिक संस्थामा पार्ने प्रभावबारे पनि कार्लले सोधखोज गरिदिएर नयाँ पुस्तालाई सहजीकरण गरिदिए । सन् १९६० पछाडि पुस्तान्तरण एउटा समाजशास्त्रीय सिद्धान्तका रुपमा अगाडि आयो । त्यतिखेर ‘जेनेरेशन ग्याप’को अर्थ अभिभावक पुस्ताका सबै गतिविधिविरुद्ध जानु भन्ने बुझिन्थ्यो । अहिले चाहिँ समाज र मुलुकको नेतृत्व गर्न तम्सेको नेपाली युवाको जमातमा उही सन् १९६० को दशकको विरोधी स्वर छ, व्यवहारमा भने प्रश्न गर्न सकिन्छ । 

बोलीमा पुरानालाई कत्ति पनि नमान्ने र व्यवहारमा पुरानाकै आदेश कत्ति पनि नछाड्ने प्रवृत्ति देखिँदैछ । आदेश दिने पुरानाहरु चाहिँ दैनन्दिन भोग्नुपर्ने सापेक्ष समाजबाट अलग भइसकेको, समाजको जटिलता बुभ्mदै नबुझी राजनीतिको धन्दामा फाल हालेको पुस्ता हो । यो पुस्ता ४५ वर्षमा आफूलाई युवा घोषित गर्छ र ८० वर्षे प्रौढ जीवन बाँच्दै गर्दा उसको निधन हुन्छ । धन्न ! केन्द्रीय तथ्यांक विभागले अहिलेसम्म उमेरसमूहलाई नेताहरुको इच्छाअनुसार पुनःपरिभाषित गरिदिएको छैन ।

अघिल्लो पुस्तामा कानुनी र आधुनिक सैद्धान्तिक चेतनाको कमी थियो । तर, व्यवहारमा अब्बल त्यो पुस्ता समाजका अधिकांश जटिलतालाई समाजभित्रै हल गर्ने सामथ्र्य राख्थ्यो । भलै, साहु र आसामीको हरहिसाबमा, पितृसत्तात्मक चिन्तनका कारण र त्यतिखेर ब्याप्त रुढीवादका कारण ‘इन्साफ’ अपराध गर्ने औजार पनि बन्यो पक्कै । यतिखेर नयाँ पुस्ता चाहिँ कानुन र सिद्धान्तको कोरा जोडघटाउमा अब्बल छ तर व्यवहारको पाटोमा अभिभावक पुस्ताभन्दा निम्छरो छ । 

पुरानो पुस्तालाई ह्याकुलाले मिचेर व्यवहारिक रीतिस्थिति भत्काएको नयाँ पुस्ता एकीकृत समाज बनाउन र सामाजिक सद्भावलाई बलियो बनाउन असफल छ । ‘गाउँघरका जान्नेमान्ने एकाध साहुहरु’ कै शैलीको हैकम, अहम र दम्भ नयाँ पुस्ताले बोकिरहेको छ । यसका पछाडि राजनीति छ जसले युवालाई फरकफरक स्वार्थको जालोमा अल्झाइदिएको छ । फरक राजनीतिक दल, दलभित्रको गुट र उपगुट हुँदै समाजमा को ठूलो ? कसले नियमित विकास प्रक्रियाको स्वामित्व ग्रहण गर्ने वा कसले बढी शक्ति आर्जन गर्ने भन्नेमा युवापुस्ताबीचको रडाको सहरको टोल सुधारका कामदेखि गाउँस्तरका सडक निर्माणसम्म फैलिएको छ । 

के नयाँ पुस्ता व्यावहारिक तर्क गर्न सक्षम छ त ? छैन । बरु, सैद्धान्तिक तर्क गर्न सिपालु छ । नेतृत्वको तहमा पुगेका वा पुग्न खोज्ने युवाले आफ्नो व्यवहारलाई हेर्दैनन् बरु अरुलाई आप्mनो अनुकूलतामा परिचालित गर्न साम, दाम, दण्ड र भेद अपनाइरहेका हुन्छन्, जुन तरिका पुराना ठूलाघरे साहुको भन्दा बढी क्रूर र असंगतपूर्ण बनिरहेको छ । यही सिको युवाको पछिल्लो समूहमा सर्ने र अन्तत : त्यो ‘लिगेसी’कै रुपमा स्थापित हुने जोखिम छ । नेपालका गाउँठाउँमा अहिलेहाल युवापुस्तामा देखिएको समस्या यही हो । जसकारण सामाजिक व्यवहार सरलीकृत हुनुको साटो थप जटिल र मनमौजी व्यक्तिवादी बनिरहेको छ । 

सडक खनिन्छ, रेखांकन जेरीजस्तो जेलिएको छ । कुन जमिनको बनावट कस्तो छ ? पहिरोको जोखिम छ कि छैन ? जमिन पुरिन्छ कि बाँकी रहन्छ ? निमुखाको गाँसबासको अवस्था के हुन्छ ? वनजंगल, पानीपधेँरो, चौतारो, सामाजिक सम्पति सुरक्षित हुने नहुनेबारे आंकलन नै नगरी डोजर चलाउन युवापुस्ता तम्तयार हुन्छ । तत्तत् विषयमा ध्यान दिन बूढापाका वा कसैले आग्रह गरे सिधै उसलाई विकासविरोधीको कित्तामा उभ्याइदियो, अझ नमाने, हुलहुज्जत नै गरिदियो । टन्टै साफ । शिक्षित युवाले वातावरण पनि पढेका छन्, विकास व्यवस्थापन पढेका छन्, भूगोल पढेका छन्, गाउँठाउँका एउटा बस्तीमा एकजना प्राविधिक पक्कै छन् तर तिनको अगुवाइमा भइरहेको विकासले अधिकतर पहाड र गाउँठाउँमा विनाश र विग्रह नै निम्त्याएको छ । सडकमा राजनीति, खानेपानीको मुहान र पाइपमा राजनीति, सामाजिक विकासका लागि राज्यले विनियोजन गरेको बजेटमा राजनीति । यस्तो संकीर्ण राजनीतिले हाम्रा बस्तीहरु नवनिर्माणतर्फ होइन अव्यवस्थित जञ्जालपूर्ण संरचना निर्माणले कुरुप बन्दैगएको छ । पहाडको टुप्पो भत्काएर फालेको चट्टान र गेग्य्रानले बेसीको फाँट मिचेको छ, समथर भूभाग खोतलेर निर्माणका सामग्री दोहन गर्दा तराई थप जलमग्न हुँदैछ । मनपरी गरेपछि वातावरणमैत्री विकासको अपेक्षा राख्नु त परको कुरा पछिल्लो चरणको विकास कुनै पनि कोणबाट दिगो र जनजीवनमैत्री छैन ।

साधारण नागरिकजनमा आफूले खोजेको व्यवस्था ल्याउनुको अर्थ साबिकको कष्टसाध्य जीवनबाट माथि उठ्ने अवसर पाउनु हो । सामाजिक न्याय हो । गलत रीतिस्थितिको अन्त्य हो । बोल्न नपाएकाहरुले बोल्न पाउनु हो । भन्न नपाएका कुरा भन्न पाउनु हो । राज्य थप लोककल्याणकारी हुनु हो । तर, लोककल्याणकारी भनिएको व्यवस्थामा यस्तो लोककल्याण तिनै युवालाई मिल्छ जसले स्वरोजगार कोषको रकम हिनामिना गर्न राजनीतिक ‘सेटिङ’ मिलाउन सक्छन् । गाउँठाउँको बजेटमा मनलाग्दी गर्न सक्छन । न अभिभावक पुस्तालाई मान्नु छ न समाजको आवश्यकतालाई बोध गर्नु छ । आफूलाई फाइदा भए विकास भयो, अरुले फाइदा लिए विग्रह निम्त्यायो । गाउँको एउटा सानो क्लबदेखि संसद् र मन्त्रीमण्डलसम्म नै विकास र सुशासनको त्यस्तो ‘स्टन्ट’ देखिन्छ जसले सामान्य नागरिकलाई अल्मल्याउने र विभाजन गर्नेबाहेक, मानकका रुपमा स्थापित हुनेगरी विकास प्रभावकारिता बढाउन सकेको छैन । स्वार्थको यस्तो कोपभाजनमा कोरस नृत्य देखाइरहेको यो युवापुस्ताले अब सोच्नैपर्ने भएको छ ।

अबलाई कबिलाजस्तो समाजमा हुर्किएर काबिल छोराछोरीको व्यवहार भोगेको अभिभावक पुस्ता लगभग निख्रँदैछ । उनीहरुबाट सिक्नुपर्ने कुरा धेरै छ । नयाँ पुस्ता नवीन सोचले भरिपूर्ण छ । तर, नियत र प्रवृत्तिमाथि दुराग्रहपूर्ण राजनीति वा अन्य स्वार्थको ग्रहण लागेको छ । बाबुआमापछि सन्तानले नै घरको जिम्मा लिने हो । अघिल्लो पुस्ताबाट व्यवहारका कौशल ग्रहण गर्ने र त्यसलाई समयक्रमसँगै नवीनतम ढंगले प्रयोग गर्न हाम्रो पुस्ता योग्य हुनुपर्छ । मैमत्त हात्ती झैं कुदिरहेको युवापुस्ताको नेतृत्वले यसबारे सोच्ने कि !
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC