site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महिला र साना उद्यमीलाई  सरलीकृत लघुकर्जा सेवा दिँदै माछापुच्छ्रे बैंक– यूकेएड, सक्षम र हेफरसँग सहकार्य
Ghorahi CementGhorahi Cement

काठमाडौं । माछापुच्छ्रे बैंकले महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिनाधितो सरलीकृत ऋण दिने भएको छ । बैंकले  यूकेएड, सक्षम र हेफर इन्टरनेसनलसँहको सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने भएको हो ।

मंगलबार आयोेजित एक औपचारिक कार्यक्रमबीच बैंकले उल्लेखित ३ संस्थासँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमका टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेसनलका कन्ट्रि डाइरेक्टर डा. शुभनारायण महतोेले संयुक्त रुपमा हस्ताक्षर गरे ।

Agni Group

सहकार्य भएसँगै देशभरका १४ वटा जिल्लाका महिला तथा साना उद्यमीलाई कर्जा प्रदान गरिने छ । बैंकले कुल ४ हजार ३ सय कृषक एवं महिला उद्यमीलाई ऋण प्रवाह गर्ने जनाएको हो । यसैगरी ३ हजार ८ सयको संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रका ६ हजारलाई वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द्रको विस्तार गर्ने बैंकले जनाएका छ । बैंकले नेपालमै पहिलो पटक ‘किसान क्रेडिट कार्ड’ नामक नौलो कर्जा सेवा प्रदान गर्ने उद्देश्य समेत राखेको छ ।

माछापुच्छ्रे बैंकले देशभर ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९शाखा रहित बैकिङ सेवाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बंैकको देशभर १ सय ७ वटा एटीएम छन् ।

Global Ime bank

सक्षम, यूकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको छ भने हेफर इन्टरनेसनल नेपालका साना किसानको दिगो विकासमा अग्रणी भुमिका खेल्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचित छ ।

हालसम्म हेफरले बाख्रा तथा दुग्ध मूल्य श्रृंखलामा आधारित उद्यममार्फत् नेपालका ४१ जिल्लाका २ लाख ५० हजार भन्दा बढी गरिब तथा उत्पीडित परिवारहरुलाई सहयोग पुर्याइको छ । हाल हेफरले विभिन्न बैंक तथा वित्तिय संस्थासँगको सहकार्यमा २ सय २६ वटा महिला उद्यमी सहकारीलाई कर्जा तथा वित्तमा पहुँच बढाउने उद्देश्यका साथकार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC