site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजदूत शेर्पा माथि छानबिन भइरहेको छ – परराष्ट्र मन्त्री ज्ञवाली
Ghorahi CementGhorahi Cement

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले विवादित अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानबिन गरिरहेको बताएका छन् । मन्त्रालयले समिति बनाएर काम गरिरहेकोले अहिल्यै केही बोल्न नमिल्ने उनले जनाए । 

“राजदूत लक्की शेर्पा माथि आन्तरिक छानबिन भइरहेको छ,” परराष्ट्र मन्त्रालयका मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, “समिति बनाएर छानबिन भइरहेको छ । यो अध्ययनको क्रममा छ ।” छानबिन समितिले रिपोर्ट बुझाएपछि सार्वजनिक गरिने उनले जनाए । 

Agni Group

अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पामाथि अहिले मानव तस्करीको आरोप लागेको छ । आरोप लगाउने उनकै सवारी चालक वाङ्छु शेर्पा हुन् । मानव तस्करीको आरोप लागेपछि मन्त्रालयले राजदूत शेर्पालाई नेपाल बोलाइएको थियो र उनी नेपाल फर्किएर परराष्ट्र मन्त्रालयमा हाजिर भएकी छन् । 

राजदूत शेर्पाको विषयमा छानबीन गर्न परराष्ट्रले तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा परराष्ट्रका सहसचिवहरु मणि भट्टराई, तापस अधिकारी र दिपक अधिकारी रहेका छन् । छानबिन समितिले अहिले राजदूत शेर्पासँग सोधपुछ गरिरहेको छ । 

Global Ime bank

वाङ्छु शेर्पाले राजदूत लक्की शेर्पाले ३३ लाख रुपैयाँ आपू्बाट लिएको आरोप लगाएका छन् । राजदूतले एक जना सवारी चालक र एक जना भान्छे नेपालबाट लान पाउने व्यवस्था छ । वाङ्छु राजदूतको सवारी चालकको रुपमा अष्ट्रेलिया पुगेका हुन् । सवारी चालक भई अष्ट्रेलिया जान राजदूतलाई ३३ लाख बुझाएको उनले बताएपछि राजदूत लक्की शेर्पा विवादमा तानिएकी हुन् । शेर्पा तत्कालिन नेकपा माओवादी केन्द्रको कोटामा अष्ट्रेलियाको लागि राजदूत नियुक्त भएकी हुन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC