site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला हत्याकाण्डको अनुसन्धान गर्न राष्ट्रसंघसँग आग्रह गर्न हस्ताक्षर संकलन
Ghorahi CementGhorahi Cement

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त हत्या अनुसन्धानका लागि युवा विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने भएका छन् ।

त्यसका लागि ‘न्यायका निम्ती हाम्रो संघर्ष’ नाम दिएर विद्यार्थीहरुले काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट हस्ताक्षर संकलन सुरु गरेका छन् । मंगलबार (आज) बाट सुरु गरिएको हस्ताक्षर संकलन एक साता चल्नेछ । ‘‘पहिलो दिन २५ सय विद्यार्थीको हस्ताक्षर संकलन भएको छ । यो अभियान काठमाडौंका विभिन्न कलेजहरुमा हुनेछ । ५० मिटरको कपडामा १५ हजार हस्ताक्षर गर्ने हाम्रो योजना छ,’’ अभियन्ता संघर्ष दाहालले भने ।

Agni Group

संकलन गरिएको हस्ताक्षर निर्मला हत्याको अनुसन्धान गर्न आह्वानस्वरुप राष्ट्रसंघको नेपालस्थित कार्यालयमा बुझाइने दाहालले बताए । दाहालले भने,‘‘राज्य निर्मलाको हत्या अनुसन्धानमा असफल भएपछि हामीले राष्ट्रसंघ गुहार्न खोजेका हौं । राज्यले जनताले भनेजस्तो अनुसन्धान गर्न सकेन ।’’

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन । 

Global Ime bank

बलात्कारपछि निर्मलाको हत्या भएको पुष्टि भएपनि हत्याराको पहिचान अझै हुन सकेको छैन् । निर्मला हत्याको अनुसन्धानलाई लिएर देशका विभिन्न स्थानमा विभिन्न दबाबमूलक कार्यक्रम हुदै आएका छन् ।  प्रहरीले हत्यामा संलग्न भएको आशंकामा कञ्चनपुर भीमदत्तनगर–१८ का प्रदीप रावल र विशाल चौधरीमाथी अनुसन्धान गरिरहेको छ । तर स्थानीयले भने प्रहरीले निर्दोषलाई फसाउन खोजेको आशंका गरेका छन् । 
\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC