site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्र मामिला सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्र मन्त्रालयले गत आर्थिक वर्ष सन् २०१७–१८ को वार्षिक गतिविधि समेटिएको प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि ‘परराष्ट्र मामिला सम्बन्धी प्रतिवेदन, २०१७–१८’ सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिवेदनलाई मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरेका हुन् । 

“नेपालको परराष्ट्र मामिलामा चासो राख्नेलाई प्रतिवेदनले सहयोग पुर्याउने विश्वास मैले लिएको छु,” कार्यक्रममा परराष्ट्र मन्त्री ज्ञवालीले भने, “हामीले कहाँनेर नीति परिवर्तन गरेका छौं भन्ने कुरा प्रतिवेदन हेर्दा स्पष्ट हुन्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा बोल्दै परराष्ट्र सचिव शंकर दास वैरागीले प्रतिवेदनमा बर्षभरिका परराष्ट्र मामिला सम्बन्धी गतिविधिलाई समेटिएको जनाए । प्रतिवेदन परराष्ट्रको संस्थागत अभिलेख भएको उनले जनाए । “अहिलेको प्रतिवेदन गत वर्षको भन्दा परिस्कृत छ,” सचिव वैरागीले भने । 

प्रतिवेदनको सम्पादन परराष्ट्रको युरोप अमेरिका महाशाखाका प्रमुख तथा सहसचिव घनश्याम भण्डारीले गरेका थिए । प्रतिवेदनमा २०७४ साउन १ गतेदेखि २०७५ असार मसान्तसम्मको गतिविधि समेटिएको जानकारी उनले दिए । 

Global Ime bank

“प्रतिवदेनमा मुख्य गरी छिमेकसँगको सम्बन्ध, विस्तारीत छिमेकी राष्ट्रसँगको सम्बन्ध, क्षेत्रिय तथा बहुपक्षिय फोरम, आर्थिक कूटनीति र प्रवासमा रहेका नेपालीका गतिविधि र सम्बन्धलाई समेटिएको छ,” सहसचिव भण्डारीले भने । अघिल्लो बर्षको तुलनामा प्रतिवेदनमा धेरै कुरा सुधार गरिएको उनले जनाए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC