site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वर्तमान सरकारले देशलाई समृद्धितर्फ डोर्‍याउन सक्दैन 
Sarbottam CementSarbottam Cement

उर्लाबारी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ डोर्याउन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस उर्लाबारी नगर समितिले मंगलबार दुर्गापुरीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सरकारको नेतृत्व गरिरहेको नेकपा भित्रको संकट र प्रधानमन्त्री केपी ओलीको असक्षमता कारण देश समृद्धितर्फ जानै नसक्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकार बनाउने लोभमा एमाले र माओवादीबीच एकिकरण भएको आरोप लगाउँदै पूर्व स्थास्थ्य मन्त्री समेत रहेका थापाले दुई पार्टीका नेताबीचको झगडा भित्रभित्रै तीब्र रुपमा बढ्दै गइरहेको दाबी गरे । बर्तमान प्रधानमन्त्री ओली इतिहासकै बलियो सरकारको प्रधानमन्त्री भएपनि अहँमका कारण बरालिएको आरोप नेता थापाको छ ।

सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबको चार वर्ष पार्टी संगठन सुदृढिकरण गरी आगामी निर्वाचनमा विजय हाँसिल गर्नेगरी कांग्रेस अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

Global Ime bank

आमसभामा कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले कम्युनिष्ट पार्टी सर्वहारा वर्गको नभएको बताए । “अहिलेको कम्युनिष्ट पार्टी सर्वहारा वर्गको होईन । कम्युनिष्ट पार्टी साँच्चै कम्युनिष्ट बन्यो भने म पनि कम्युनिष्ट पार्टीमा अहिले नै प्रबेश गर्न तयार छु ।” फागोले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC