site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जाजरकोट सदरमुकाम खलंगामा महिलाको प्रदर्शन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जाजरकोट । १६ दिने अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको अभियान समापनका अवसरमा जाजरकोट सदरमुकाम खलंगाका महिलाले हिंसा विरोधी नारा र प्लेकार्डसहित बजार परिक्रमा गरेका छन् । बजार परिक्रमापछि आयोजित कार्यक्रममा प्रदेशकी सांसद कृष्णा शाहले निर्मला पन्तका ‘बलात्कारी’ भनेर पक्राउ गरिएका प्रदीप रावललगायत अभियुक्त सक्कली अपराधी नभएको दाबी गरिन् । 
नेकपाकी स्थानीय नेत्रृ तथा सांसद शाहले सरकारले जसरी पनि निर्मलाका हत्यारालाई पत्ता लगाइछोड्ने कुरामा आफू विश्वस्त भएपनि विभिन्न व्यक्तिहरुलाइ समातेर सरकारले गलत गरेको आरोप लगाइन् । हत्यारा पत्ता लाग्न समय लागे पनि एक दिन वास्तविकता जनतामाझ अवश्य आउने सांसद शाहको भनाइ थियो । 
भेरी नगरपालिका–१ रावतगाउँकी हजारी नेपालीले महिलाहरुले राज्यबाट सामाजिक सुरक्षाको पूर्ण महसुस गर्न नपाएसम्म यस्ता अभियानको कुनै अर्थ नरहने बताइन् । “दिनदिनै नाबालिकादेखि वृद्ध आमाहरु बलात्कारका शिकार हुँदै गर्दा राज्यले न सुरक्षाको प्रबन्ध गर्न सकेको छ न त अपराधीलाई कानुनको कठघरामा उभ्याउन सकेको छ । कहाँ छ कानुनी राज्य ?” उनले प्रश्न गरिन् । 
अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले निर्मला पन्तको परिवारलाई राज्यले तत्काल न्याय दिलाउनुपर्ने धारणा राखेका थिए । सहभागीहरुले सांसद शाहसँग पनि यसबारे प्रश्न गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC