site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समयअनुसार चल्न सकेनन् कि, बजारले पत्याएन ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल र राजेश हमाल आफ्नो समयमा नेपाली चलचित्र उद्योगमा एकछत्र राज गरेका अभिनेता हुन् । उनीहरूको समयमा चलचित्र चल्नलाई कथा चाहिँदैनथ्यो, पोष्टरमा उनीहरूको तस्बिरमात्रै काफी थियो ।

करिब ९० प्रतिशत चलचित्र उनीहरूको हातमा आइपुग्थे । समय नभएर अथवा इन्कार गरिएका चलचित्रमा मात्रै अरुले अवसर पाउँथे । भलै त्यो बेला अहिलेको जस्तो वर्षमा सयौं चलचित्र निर्माण तथा प्रदर्शन हुँदैनथे । चलचित्र घर कम थिए, भएका पनि हाइभिजन हल थिए । डिजिटल प्रविधि थिएन । सेलुलाइडमा चलचित्र बन्थे । प्रदर्शन पनि रिल घुमाएर गरिन्थ्यो । 

समय फेरियो । डिजिटल टेक्नोलोजी भित्रियो । चलचित्र निर्माणदेखि प्रदर्शनसम्म डिजिटलमै हुन थाल्यो । सेलुलाइडमा व्यस्त कलाकारको स्टारडम हलमा बिक्री हुन्थ्यो । अभिनेता सरोज खानल बिहान काठमाडौंमा सुटिङ गर्थे, दिउँसो विराटनगरमा सेट लागेको चलचित्रका लागि सुटिङमा पुग्थे अनि साँझ फेरि काठमाडौंमा अर्को चलचित्रको छायांकनमा आइपुग्थे । “कुनै बेला काममा यति धेरै भ्याई–नभ्याई हुन्थ्यो कि बिहान काठमाडौंको सुटिङ सकेर दिउँसो विराटनगरको र साँझ फेरि काठमाडौंको सुटिङमा आइपुग्थेँ,” सरोज सम्झिन्छन्, “बिहान काठमाडौंको सुटिङ सकेर दिउँसो आरएको विमान चढेर विराटनगर जान्थेँ र साँझ फेरि विमानबाटै फर्किएर अर्को चलचित्रको सुटिङमा हुन्थेँ ।” उनको यो भनाइले त्यतिबेलाका कलाकारको व्यस्तता र स्टारडमलाई पुष्टि गर्छ । 

Agni Group

एक पटकको घटना अझै बिर्सिएका छैनन् सरोजले । बिहान काठमाडौंमा सुटिङ सकेर प्लेनमा विराटनगर पुगे । सेट लागिरहेको थियो । निर्देशक थिए– रमेश बुढाथोकी । सिन थियो– हिरोइनलाई हेरेर मुस्काउने । २१ टेक लिए तर सिन ओके हुन सकेन । सेलुलाइड प्रविधिमा जति बढी टेक लियो, चलचित्रको लागत त्यति नै उकालो लाग्थ्यो । रिल जति धेरै लाग्यो, त्यति नै खर्च बढी हुन्थ्यो । सरोजले रातभर पनि सुटिङ र बिहान पनि सुटिङ गरेर आएकाले अनिदोले काम गर्न नसकेको भन्दै निर्देशक बुढोथोकीसँग केही समय आरामका लागि समय मागेर सुते र पछि त्यही सिन एकै टेकमा ओके गरे । 

चलचित्रको खर्च बढ्ने भएपछि निर्देशकहरू सकेसम्म पहिलो टेक नै ओके गर्न खोज्थे । “राम्रो भएन, एक टेक लिन्छु भन्दा निर्देशकहरू चल्छ भन्थे,” सरोजको यो भनाइले पनि स्टारडम विकेको स्पष्ट पार्छ । 

Global Ime bank

आफ्नो माग उच्च रहेकै बेला सरोज अमेरिकातिर लागे । फर्किएर आएपछि पनि उनी अहिले चलचित्रमा व्यस्त छन् । त्यो बेला नायक थिए, अहिले चरित्र अभिनेता । तर, यसलाई उनी समयको परिवर्तन भन्छन् । आफू समय र परिवर्तनलाई स्वीकार गरेकै कारण चलचित्र उद्योगमा रहिरको सरोजको बुझाइ छ । 

हुन पनि हो, उनका समकालीन मात्रै होइन, पछि डेब्यू गरेका नायकहरू अहिले गुमनाम छन् । राजेश हमाललाई यसको उदाहरणका रुपमा लिन सकिन्छ । चरित्र अभिनयमा नै किन नहोस्, एक पछि अर्को हरेक महिना सरोजका चलचित्र रिलिज भइरहेका छन् । तर, कुनै समय सञ्चार माध्यमले नै भए पनि महानायक भनिएका राजेश हमाल अहिले गुमनाम छन् । दिनेश श्रेष्ठको ‘सकुन्तला’ पछि राजेशले कुनै पनि चलचित्रमा काम गरेका छैनन् । त्यस अगाडि उनी चलचित्र ‘बागमती’मार्फत् दर्शकमाझ देखिएका थिए । निकै अपेक्षा गरिएको उक्त चलचित्रले धोका दिएपछि अहिले राजेश हमाल दर्शकबाट टाढै छन् । यद्यपि उनले चलचित्र निर्देशन गर्ने समाचार आइरहेका छन् । आफ्नो निर्देशनको चलचित्रमा आफैँ मुख्य भूमिकामा रहने समाचार आएको धेरै भइसकेको छ । 

राजेशले सोलो नायकबाहेक अरु रोलमा काम नगरेका भने होइनन् । पछिल्ला वर्षका केही चलचित्रमा उनले अन्य अभिनेतासँग स्क्रिन सेयर गर्दै समानान्तर रोलमा पनि काम गरेका थिए । 

आफ्नो कालखण्डमा दर्शकको मन मस्तिष्कमा बसेका अर्का नायक हुन्, भुवन केसी । पारिवारिक कारणले होस् अथवा फिल्मी फण्डामार्फत् होस् दर्शकलाई आफूतिर तानिरहने केसीलाई पनि नायकका रुपमा दर्शकले नदेखेको धेरै भइसक्यो । यद्यपि उनी चलचित्र उद्योगबाटै टाढिएका भने छैनन् । केसी अहिले निर्माताका रुपमा चलचित्र उद्योगमै छन् । आफ्नै सुपुत्र अनमोल केसीलाई नायक बनाएर उनले निर्माण गरेको चलचित्र ‘कृ’ दर्शकले केही महिना अगाडि मात्रै हलमा हेरेका थिए । अब उनी ‘क्याप्टेन’ लिएर आउँदैछन् । 

सदाबहार नायकका रुपमा आफ्नो छवि बनाएका भुवन स्वयम् नायक बनेर भने आउन छाडिसकेका छन् । 

अर्का नायक हुन् शिव श्रेष्ठ । आफ्नो समयमा एक्सन नायकको छवि बनाएका शिव श्रेष्ठलाई चलचित्रमा दर्शकले देख्न नपाएको दशक नाघिसक्यो । चलचित्रका कार्यक्रमहरूमा बाक्लै रुपमा उपस्थित हुने शिव श्रेष्ठ नेपाली चलचित्र उद्योगमा निकै धेरै रुचाइएका नायक थिए । 

शिव श्रेष्ठ पनि निर्माताका रुपमा पुनः चलचित्र नगरीमा भित्रिने तयारीमा थिए । ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र निर्माण गरेर शिवले यही चलचित्रमार्फत् आफ्ना छोरा शक्ति श्रेष्ठलाई नायक बनाउने तयारी गरिरहेका थिए । यही चलचित्रबाट शिवले नायिका करिष्मा मानन्धरकी छोरी कविता मानन्धरलाई पनि चलचित्रमा डेब्यू गराउँदै थिए । तर चलचित्र बीचमै अलपत्र अवस्थामा छ । निर्माताका रुपमा चलचित्र नगरीमा शिवको प्रवेश हुने हो कि होइन अनिश्चत नै छ । 

स्टारडमभन्दा कथा बिक्न थाल्यो । नायकी भन्दा चरित्र अभिनेताहरू अब्बल देखिन थाले । दर्शकको रुची फरक देखिन थाल्यो । फरकफरक कथामा फरकफरक चरित्रमा ढल्न सक्नेहरू अगाडि आए । एउटै फर्मुलामा लार्जर देन लाइफमा मात्रै विश्वास गर्नेहरू पछाडि नै छोडिए । प्रोडुसरहरूले शिव, भुवन र राजेश जस्ता नायकलाई लिन छोडे । ५० वर्ष उमेर कट्न नपाउँदै मुख्य भूमिकाबाट उनीहरू पाखा लाग्न बाध्य भए । 

छिमेकको चलचित्र उद्योग बलिउडमा भने अवस्था अलि फरक छ । ७६ वर्षमा हिँडिरहेका अमिताभ बच्चन अझै हिरोकै रुपमा चलचित्रमा देखिरहेका छन् । ‘पिंक’ यसको गतिलो उदाहरण हो । चरित्र हेरेर नै अमिताभका लागि कथा लेखिरहेका छन् । चलचित्र बनिरहेका छन् । यही महिना प्रदर्शनमा आएको ‘ठग्स अफ हिन्दोस्तान’ पनि यस्तै चलचित्र हो भन्दा अतिशयोक्ति हुँदैन ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC