विदेश
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्बाट चर्चित अर्थशास्त्री सुरजीत भल्लाले मंगलबार राजीनामा दिएको घोषणा गरेका छन् । उनले १ डिसेम्बरमै राजीनामा दिएको भएपनि मंगलबार टिवट् गरेर आफूले राजीनामा दिएको जानकारी गराएका हुन् । उनले राजीनामा दिएको बताएपनि किन राजीनामा दिएको भन्ने बारेमा भने खुलाएका छैनन् ।
सो परिषद्ले आर्थिक मामिलाका विषयमा प्रधानमन्त्रीलाई सल्लाह दिने गर्दछ । सोमबार मात्रै भारतको रिजर्भ बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएका थिए ।
(एजेन्सी)
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५ १३:३५
प्रतिक्रिया दिनुहोस्