site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने बैठक ५ बजेलाई सर्‍यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बिहान बस्ने भनिएकोमा साँझ ५ बजेलाई सरेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सहयोगी चेतन अधिकारीले बाह्रखरीलाई जानकारी गराएअनुसार बैठक साँझ ५ बजेका लागि सरेको हो ।  यसअघि यही मंसिर १७ गते बैठक बसेपनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो । अर्को बैठक २२ गते बस्ने भनिएकोमा प्रमुख  विपक्षी दलका नेता शेरबहादुर देउवा पार्टी बैठकमा व्यस्त हुनुपरेको र प्रधानन्यायाधीश ओमप्रकाश मिश्र समेत उपत्यका बाहिर जाने भएका कारण आज बस्ने तय भएको बुझिएको छ । 
प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउने र नयाँ प्रधानन्यायाधीश एक महिना अघि नै सिफारिस गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार यसअघि मंसिर १७ गते बैठक डाकिएको हो । आजको बैठक त्यसैको निरन्तरता रहेको बताइएको छ । 
न्यायपरिषद्ले यसअिघ नै प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको नाम सिफारिस गरेको थियो । जोशी यस अघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि अहिलेका प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरिएको थियो । 
प्रधानन्यायाधीशमा सिफारिसका लागि सर्वोच्च अदालतमा तीनवर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ । तीन वर्ष सर्वोच्चमा काम गरेका अहिले  राणा र जोशी मात्रै छन् । 
प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष तथा सदस्यहरुमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभामा प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख र कानुनमन्त्री रहने प्रावधान रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC