site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतको चण्डीगढमा रुखमा झुण्डिएको अवस्थामा भेटिए एक नेपाली
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चण्डीगढ । भारतको चण्डीगढमा एक जना ३५ वर्षीय नेपालीले रुखमा झुण्डिएर ‘आत्महत्या’ गरेका छन् । चण्डीगढको जुडिसियल एकेडेमीका अगाडि गएको आइतबार झुण्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनी शंकर जोगी नामका व्यक्ति भएको प्रहरीको  भनाइ छ ।

 बाटो हिंड्नेले कोही रुखमा झुण्डिएको देखेर खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले भ्यानमा राखेर उनलाई मल्टी स्पेसियालिटी अस्पतालमा लगेकोमा चिकित्सकले उनको मृत्यु पहिल्यै भइसकेको घोषणा गरेका थिए । 

प्रहरीका अनुसार जोगी १५ दिन अघि मात्रै कामको खोजीमा त्यहाँ पुगेका हुन् । उनले कुनै सुसाइड नोट भने नछोडेको प्रहरीले जनाएको छ । उनको शरीरमा कुनै चोटपटक पनि देखिएको छैन ।  घटनाको अन्य कुनै कारण  हुन सक्ने सम्भावनाका सम्बन्धमा  पोष्टमार्टम गरेपछि वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाई रहेको छ । (द टाइम्स अफ इण्डियाबाट)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC