site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डः रहस्यमै अनुसन्धान ! प्रमाण अझै भेटिएन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँचमहिना पूरा हुन लाग्दासमेत अनुसन्धानले सही बाटो लिन सकेको छैन । साथीको घरमा गएकी निर्मला साउन ११ गते घर नजिकै उखुबारीमा मृतअवस्थामा फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टले पत्ता लगाएको भए पनि अहिलेसम्म अनुसन्धान हत्याराको नजिक पुग्न सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले प्रहरीको नियन्त्रणमा रहेका प्रदीप रावल र विशाल चौधरीले हत्या स्वीकार गरेको भए पनि डीएनए परीक्षण जारी रहेकाले त्यसको रिपोर्ट सार्वजनिक नभएसम्म प्रहरीले यसबारेमा केही बताउन चाहेको छैन ।

यसअघि प्रहरीले हिरासतमा लिएर डीएनए नमिलेर छाडिदिएका दिलिपसिंह बिष्टले समेत हत्या स्वीकार गरेको जनाएको थियो ।  प्रहरीले अहिलेसम्म दुईसय बढीसँग बयान लिएको भए पनि हत्याराको नजिक पुग्न सकेको छैन । त्यसैले यो घटना थप रहस्यमयी बन्दै गएको छ ।

Global Ime bank

प्रहरीले भने अहिले पनि अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरी प्रमुख सर्वेन्द्र खनालले संसदीय समितिमा सोमबार घटनाको न्यारोडाउन भएको बताएका थिए ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक खनालले भनेका थिए, “अनुसन्धान अहिले पनि जारी छ । अनुसन्धानमा विश्वस्त रहन सबैलाई आग्रह गर्छु । हामीले कोही पनि नक्कली मान्छेलाई ल्याएर अनुसन्धान गर्दैैनौं । यसमा विश्वास गरौं । सबैभन्दा ठूलो विश्वास नै हो । कसैले भन्नुभयो प्रहरीले कुखरा चोर समात्यो । कुकुरा चोरले गरेन भनेर कोही भन्न सक्नुहुन्छ ? कुखुरा चोर नराम्रै मान्छे हो पनि भन्न सक्नुहुन्न । कुखुरा चोर राम्रो हो भनेर कसरी भन्न सक्ने ? एकपटक कुखुरा चोरेको मान्छेले सधैँ कुखुरा नै चोर्‍यो भनेर भन्नु पनि सान्दर्भिक हुँदैन ।”

यसबारेमा प्रहरी प्रमुख खनालले हत्याका बारेमा बाहिर आएका सबै अड्कल गलत भएको टिप्पणी गरे ।

“मान्छेका विभिन्न अड्कलमात्रै छन् । बरु त्यसमा त्यो छैन भने को छ त भन्न सक्नुपर्‍यो । होइन भने हामीले गरेका अनुसन्धान निस्वार्थ रुपमा हो भन्ने बुझिदिनुपर्‍यो । मैले निर्मला हत्याको अनुसन्धानका लागि कुनै दबाब दिएको छैन । यदि यस्तो कार्यमा मेरो भूमिका कहीँ कतै देख्नुभयो भने संसदमा ल्याएर बर्दी खोलिदिए हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC