site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरी प्रमुखलाई सांसदको प्रश्न– निर्मलाको शक्तिशाली हत्यारा को हो ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सासंदहरुले कञ्चनपुरको भीमदत्तनगर– २ कि १३ वर्षीय किशोरी निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरी सक्रियताबारे आईजीपी सर्वेन्द्र खनालसँग जवाफ मागेका छन् । संसदको दिगो विकास र सुशासन समितिको वैठकमा सासंदहरुले नेपाल प्रहरीका आईजीपी खनालसँग अनुसन्धान प्रगतिबारे जवाफ माग गरेका हुन् । सासंद चक्र स्नेहीले भने,‘‘निर्मला हत्याकाण्डको प्रमाण मेट्ने प्रहरीलाई बर्खास्ती गरेर मात्रै न्याय पाइन्छ ?’’ स्नेहीले निर्मला हत्याको सत्यतथ्य बाहिर ल्याउन माग गरे । 

सासंद रमेशजंग रायमाझीले निर्मला बलात्कार र हत्यामा शक्तिशाली व्यक्तिको हात रहेको दाबी गर्दै नमिता सुनिता हत्याकाण्ड दोहोरिएको बताए ।

आईजीपी खनाललाई नै आरोप लगाउँदै सासंद रायमाझीले भने, ‘‘शक्तिशाली व्याक्तिलाई बचाउन सरकारले आईजीपीमार्फत काम गरिरहेको छ । आईजीपीले सीआईबीका अधिकारीलाई दबाब दिएका छन् । यस्तोमा न्याय कसरी पाइन्छ ?’’ 
सासंद कालीबहादुर मल्लले प्रहरीलाई दात नभएको कुकुरको संज्ञा दिए । उनले भने,‘‘प्रहरीको उज्यालो छवि धमिलिएको त होइन ? प्रहरी दाँत बिनाको कुकुर किन बन्यो ? दाँत नभएको कुकुरले टोक्न सक्दैन ।’’

Agni Group

बैठकमा सासंद प्रमिला यादवले आईजीपी खनालले सुरक्षा दिन नसके राजीनामा दिन माग गरिन् । उनले भनिन्,‘‘निर्मला हत्याकाण्ड भारतीय साउथ फिल्मजस्तो भयो । तपाईंले सुरक्षा दिन सक्नुहुन्न भने राजीनामा दिनुस् । हामी अर्को सक्षम मान्छे ल्याउछौं ।’’ 

सासंदहरुले महिला हिंसा बढेकोमा चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षाको अवस्था खस्किँदै गएकोमा चिन्ता व्यक्त गरे । 

Global Ime bank

सासंदबाटै बर्दी खोलिदिए हुन्छ : आइजीपी

सासंदको प्रश्नको जवाफ दिँदै आईजीपी खनालले पछिल्लो समय मुलुकमा भएको अपराधमा अधिकांश घटनाको अनुसन्धानमा प्रहरी सफल भएको बताए । निर्मला हत्याकाण्डको अनुसन्धानमा कतिपय प्रमाण नष्ट भएको अवस्थामा अनुसन्धान जटिल बनेको स्वीकार गर्दै ढिलोचाँडो हत्यारा कानुनी दायरामा ल्याइछाड्ने बताए । सासंदहरुले अनुसन्धानमा आईजीपीले दबाब दिएको प्रश्नको जवाफमा खनालले भने,‘‘मैले अनुसन्धानका क्रममा कसैलाई दबाब दिएको प्रमाणित हुन्छ भने ससंदबाटै मेरो बर्दी खोल्दिए हुन्छ । अनुसन्धान निश्पक्ष र दबाबरहीत छ ।’’ 

निर्मला हत्याकाण्डको अनुसन्धानको चिन्ताले आफूलाई निद्रै लाग्न छाडेको बताउँदै अनुसन्धानमा प्रहरीको दक्ष र विज्ञ टोली परिचालन गरिएको बताए । अनुसन्धानका सबै पाटा खोल्न नमिल्ने बताउँदै आइजीपी खनालले अनुसन्धानमा सघाउन सबैमा आग्रह गरे । 

‘‘अनुसन्धानका क्रममा सम्भावितलाई पक्राउ गरिन्छ । सोधपछ हुन्छ । तर अनुसन्धान नहुँदै सबै कुरा प्रचारबाजी नगरौं,’’ उनले भने ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC