site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रिजर्भ बैंक अफ इन्डियाका गभर्नर पटेलले दिए राजीनामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर उरजित पटेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण उल्लेख गर्दै पटेलले आज (सोमबार) बाटै लागु हुने गरी राजीनामा दिएका हुन् । 

एक वर्षभन्दा बढी अवधिदेखि आरबीआईको गभर्नर रहेका पटेलले पछिल्लो समयदेखि बैंकलाई थप प्रभावकारी बनाउन उल्लेख्य काम गरिरहेका कर्मचारी, अधिकृत, समग्र व्यवस्थापन र सञ्चालक समिति सदस्यहरूलाई धन्यवाद दिएका छन् । 
भारतीय मन्त्रिपरिषद सचिवको नेतृत्वमा रहेको फाइनान्सियल सेक्टर रेगुलेटरी एपोइन्टमेन्ट सर्च कमिटीका सिफारिसपछि सरकारले २०७३ भदौ पहिलो साता पटेललाई तीन वर्षका लागि गभर्नर नियुक्त गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

गभर्नर नियुक्त हुनुअघि डेपुटी गभर्नर रहेका पटेल वरिष्ठ अर्थशास्त्री, परामर्शदाता तथा बैंकर हुन् । उनले सन् २०१३ देखि आरबीआईको मौद्रिक नीति विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए।

उनीअघिका गभर्नर रघुराम राजनका ‘दाहिने हात’ मानिने पटेलले नेतृत्व गरेको एक समितिले थोक मूल्यबाट मुद्रास्फीति मापन गर्ने परम्परा परिवर्तन गरी उपभोक्ता मूल्यबाट मापन गर्ने नयाँ मापदण्ड कार्यान्वयन गरेको थियो । यसलाई भारतीय वित्तीय बजारमा कोसेढुंगो मानिन्छ । त्यसैगरी भारतले १९९१ मा अर्थतन्त्र खुला गरेयता पटेलले प्रभावकारी मौद्रिक नीति सुधारमा पनि उल्लेख्य भूमिका खेलेका थिए । 

Global Ime bank

५४ वर्षीय पटेलले १९८६ मा अक्सफोर्ड विश्वविद्यालयबाट एमफिल र १९९० मा याल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए । त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९९० देखि १९९५ सम्म काम गरेका थिए । उनलाई १९९६ र ९७ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको ऋण तथा मुद्रा बजारको विकासका लागि सुझाव दिन सल्लाहकारका रूपमा छनोट गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC