site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
काठमाडौं किंग्सको सुखद सुरुवात– चितवन र पोखराका लागि भने सुखद रहेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्टार लेगस्पिनर सन्दीप लामिछानेको अनुपस्थिति बिर्सँदै ललितपुर प्याट्रियोट्सले लगातार दोस्रो जित हासिल गरेको दिन एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सुखद सुरुआत गर्नेमा काठमाडौं किंग्सले पनि नाम लेखाएको छ । 

चितवन टाइगर्स र पोखरा राइनोजका लागि भने सोमबारको दिन पनि ईपीएलमा सुखद रहेन । चितवनले काठमाडौंलाई ६ विकेटको नतिजा सुम्पिँदा ललितपुरले पोखरामाथि ८ विकेटको शानदार जित हासिल गर्‍यो । अघिल्लो दिन सन्दीप लामिछानेले तीन विकेट लिँदा ललितपुरले चितवनमाथि ११ रनको जित हासिल गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा ललितपुरलाई सुखद सुरुआत दिलाएलगत्तै बिग बास लिग खेल्न सन्दीप आइतबारै बेलुकी अस्ट्रेलिया प्रस्थान गरेका थिए । आइतबारै अर्को खेलमा पोखराले २ सय १५ रनको विशाल योगफल बनाउनाका बावजुद भैरहवा ग्लाडिएटर्ससँग तीन विकेटको नतिजामा पराजित भएको थियो । 

लगातारको जितपछि पछिल्ला दुई खेलमा नतिजा निकालेको ललितपुर चार अंकसहित शीर्ष स्थानमा रहेको छ भने काठमाडौं, भैरहवा र विराटनगर समान एक—एक खेलमा जित निकाल्दै समान २—२ अंक बनाएका छन् ।

Global Ime bank

गौरव तोमर र जयकिसन कोल्सावालाले १ सय २९ रनको कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि काठमाडौंले सोमबार पोखरा राइनोजमाथि ८ विकेटको शानदार जित हात पारेको हो । म्यान अफ दी म्याच तोमरले पाउल कौलिनको बलमा भेट्रान शक्ति गौचनबाट क्याच हुनअघि ४१ बलमा ८ छक्का र ४ चौकासहित ८२ रन बनाए भने । कोल्सावाला पहिलो विकेटका रुपमा पवेलियन फर्किनुअघि ३८ बलमा ५१ रन बनाए । ३ छक्का र ४ चौका प्रहार गरेका कोल्सावालालाई सुसान भारीले भेट्रान शक्ति गौचनबाट क्याच गराएका थिए । ललितपुरका लागि सन्नी पटेलले थप २० तथा सोनु तामाङले ११ रन बनाउँदा टोली २५ बलअघि नै १ सय ६७ रनको लक्ष्यमा पुगेको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले रिचार्ड लेवीको ८४ तथा विनोद भण्डारीको अविजित ३४ रनमा निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ६६ रनको योगफल बनाएको थियो । पवन सर्राफको बलमा सन्दीप जोराको हातबाट क्याच हुनुुअघि लेवीले ३९ बलमा ९ छक्का र ३ चौका प्रहार गरेका थिए । विनोदले २३ बलमा १ छक्का र ३ चौका प्रहार गरे भने टोलीका लागि ओपनर काइल कोइटजरले १९, पाउल कोलिङले १४ तथा सुनील धमलाले १० रनको योगदान गरे । ललितपुरका लागि पवनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिएँ ।

सोमबारै पहिलो खेलमा भारतीय खेलाडी आनन्द सुुब्रमन्यमले अविजित ४३ तथा सागर पुनले ३९ रनको योगदान गरेपछि काठमाडौंले चितवनबाट पाएको १ सय ६१ रनको लक्ष्य निर्धारित २० ओभरको सात बलअघि १ सय ६४ रन बनाएर पूरा गर्‍यो । अत्यन्तै आक्रामक ब्याटिङ गर्दै काठमाडौंलाई लक्ष्यमा पुर्‍याउने क्रममा म्यान अफ दी म्याच आनन्दले १८ बलमा ४ छक्का र १ चौका प्रहार गरे । यसैगरी पाउल स्टर्लिङबाट एलबिडब्लु धरापमा पर्नुअघि ३४ बलमा ६ चौका प्रहार गरेका थिए । 
साहब आलमको बलमा जोन सिम्पसनबाट स्टम्पिङ भएका केभिन ओ ब्रायनले अपेक्षा गरेभन्दा निक्कै कम ९ रनमात्र बनाउन सके । काठमाडौंका लागि नरेश बुढाऐरले २२, अमरसिंह राउटेलाले अविजित २१ तथा अमित श्रेष्ठले १८ रन जोडेका थिए । चितवनका लागि साहब आलमले दुई तथा ललितसिंह भण्डारी र स्टर्लिङले एक/एक विकेट लिएका थिए । 

यसअघि टस हारेर ब्याटिङलाई निम्त्याइएको चितवनले १९.५ ओभरमा सबै विकेट गुमाउँदा १ सय ६० रनको योगफल बनाएको थियो । चितवनका लागि दीपेन्द्रसिंह ऐरीले ४० बलमा ५ चौकासहित ४५ रन बनाउँदा ओपनर स्टर्लिङले १३ बलमा ३ छक्का र ३ चौकासहित आक्रामक रुपमा ३९ रन बनाएका थिए । यसैगरी सन्दीप सुनारले २५, कप्तान पृथु बास्कोटाले अविजित २० तथा जर्ज स्कटले १५ रन बनाए । चितवनका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 
काठमाडौंका प्रदीप साहु र सम्साद शेखले ३/३ तथा सागर पुन, केभिन ओब्रायन र अमरसिंह राउटेलाले १–१ विकेट लिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC