site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सौराहामा पुस ११ बाट हात्ती महोत्सव
Ghorahi CementGhorahi Cement

काठमाडौं । क्षेत्रीय होटल संघ चितवनले आगामी पुस ११ देखि १५ गतेसम्म सौराहामा ‘चितवन हात्ती महोत्सव’ आयोजना गर्ने भएको छ । यो १५औं संस्करण हो ।  

संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक सुमन घिमिरेले आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धन गर्दै लोपोन्मुख जनावर हात्ती संरक्षण र यसको महत्वबारे जानकारी दिन, वन्यजन्तु संरक्षणमा एकजुट हुन तथा जनचेतना वृद्वि गर्न महोत्सव गर्न लागिएको जानकारी दिए ।  आयोजकका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन जगतमा छुट्टै स्थान बनाउन सफल महोत्सवले समग्र चितवनको पहिचान कायम गरेको छ । सुरुवातदेखि १५औं संस्करणसम्म हात्तीसँग सम्बन्धित रोचक गतिविधि तथा खेल हुँदै आएको छ ।  

Agni Group

विस्तारै महोत्सवको ढाँचा परिवर्तन गर्ने क्रममा तीन वर्षदेखि नौलो कार्यक्रम ‘हात्तीको पिकनिक’ आयोजना हुँदै आएको घिमिरेले बताए । सुरुदेखि आयोजना हुँदै आएको हात्ती दौड प्रतियोगितालाई पनि तीन वर्षदेखि ‘एलिफेन्ट फास्ट वाक’ मा परिवर्तन गरिएको उनले जानकारी दिए । 

यसपालि महोत्सवका लागि ४९ लाख १० हजार रुपैयाँ बजेट खर्च हुने आयोजकले जनाएको छ । महोत्सवमा हात्ती फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङसँगै राष्ट्रिय तथा स्थानीय कलाकारबाट दैनिक साँस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछन् । साहित्य र पर्यटनलाई समेत जोड्ने हिसाबले देशभरका २५ प्रतिष्ठित कवि–लेखकमाझ यो वर्ष ‘चितवन काव्य यात्रा’ अन्र्तगत संरक्षणमूलक कवि गोष्ठी पनि आयोजना गरिने छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC