site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हड्तालका कारण जर्मन रेलसेवा अबरुद्ध
Sarbottam CementSarbottam Cement

फ्रान्कफर्ट । जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ । डच बाहनका अनुसार मजदूरहरुको चार घण्टे हड्तालका कारण देशका सबैजसो अन्तर–प्रादेशिक रेलसेवा रद्द गरिएको छ । 

हड्तालका कारण उच्च गतिको रेलसेवाका साथै एक सहरबाट अर्को सहर जोड्ने अन्य छोटो दूरीको रेलसेवा पनि अबरुद्ध भएको डच बाहनको वक्तव्यमा उल्लेख छ । दक्षिणी राज्य बाभारियाका सबै रेलसेवा रद्द गरिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

डच बाहन र मजदूर युनियनबीच रेल मजदूरको तलबमा ७ दशमलब ५ प्रतिशत वृद्धि गर्ने मागमा सहमति हुन नसकेपछि मजदूरहरु हड्तालमा उत्रिएका हुन् । जर्मनीको सबैभन्दा ठूलो रेल कम्पनी डच बाहनमा हाल एक लाख ६० हजार कामदार छन् । 

जर्मन समाचार संस्था डीपीएका अनुसार डच बाहनले मजदूर युनियनका नेताहरुलाई पुनः वार्ताका लागि आमन्त्रण गरिसकेको छ । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC