site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गौरव र कोल्सावालाको उत्कृष्ट साझेदारीमा ललितपुरको दोस्रो जित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ओपनिङ ब्याट्सम्यान गौरव तोमर र जयकिसन कोल्सावालाको उत्कृष्ट साझेदारी पारीको सहयोगमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजमाथि ८ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जित निकालेको ललितपुरका लागि ओपनिङ ब्याट्सम्यान गौरव र कोल्सावालाले १२९ रन लामो साझेदारी पारी खेलेका थिए ।
पोखराले दिएको १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले १५.४ ओभरमा १७२ रन बनाउँदै लक्ष्य पुरा गरेको हो । ललितपुरका सन्नी पटेलले अन्तिम बलमा छक्का प्रहार गर्दै व्यक्तिगत २० रन बनाउँदै टिमलाई जित दिलाए ।
लक्ष्य पूरा गर्ने क्रममा तोमरले सर्वाधिक ८२ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे भने अर्का ब्याट्सम्यान जयकिसन कोल्सावालाले ३ छक्का र ४ चौकाको सहयोगमा ५१ रन बनाए ।
सन्नी पटेल र सोनुु तामाङले अविजित क्रमशः २० र ११ रन बनाए । ललितपुरविरुद्ध बलिङ गरेको पोखराका बलरले १२ ओभरसम्म पनि ओपनिङ ब्याट्सम्यान तोमर र कोल्सावालाको साझेदारी तोड्न निकै ढिला गरे ।
सुसान भरी र पाउल कौलिनले पोखराका लागि समान एक—एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको पोखरा राइनोजका लागि रिचार्ड लेभिले ८४ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले लगातार दुुई खेलमा राम्रो ब्याटिङ गरेपनि पोखराले उनको ब्याटिङको सदुुपयोग गर्दै जित निकाल्न सकेको छैन ।
रिचार्ड लेभिले ८४ रन बनाउँदा विनोद भण्डारीले ३४ रन बनाएका थिए । त्यस्तै, कप्तान काइल कोइट्जरले १९ रन मात्रै बनाउँदा ब्याट्सम्यान पाउल कौलिनले १४ रन र सुनिल धमलाले १० रनमात्रै बनाएका थिए ।
पोखराविरुद्धकाृे पहिलो इनिङमा ललितपुरका पवन शराफले उत्कृष्ट बलिङ गरे । उनी एक्लैले पोखराका महत्वपूर्ण तीन विकेट लिएका थिए ।
पोखराका रिचार्ड लेभि, सुनिल धमला र कप्तान  काइल कोइट्जरको महत्वपूर्ण विकेट पवनले एक्लैले लिए । उनले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC