site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तंग्रिँदै नेप्से, लाभांश र अनलाइन कार्यान्वयनको प्रभाव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सेयर बजारले सुधारिने क्रमलाई निरनतरता दिएको छ । गत बिहीबारदेखि बढ्न थालेको सेयर बजारमा सोमबार पनि दोहोरो अंकको वृद्धि देखिएको हो ।
सेयर बजारका लगानीकर्ताले अनलाइन कारोबारका लागि धमाधम युजरनेम र पासवर्ड पाउँदा तथा लाभांशको घोषणा भइरहँदा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । नेप्सेले आइतबार अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड वितरण गर्न ब्रोकरहरुलाई निर्देशन दिएका हो भने नेपाल इन्भेस्टमेन्ट बैंकले १८ प्रतिशत बोनस सेयरसहित ४० प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो ।
लामो समयदेखि घटिरहेको सेयर बजारमा लगानीकर्ताको सम्पत्तिमा भारी गिरावट आइसकेको छ । जसको विरोधमा लगानीकर्ता विभिन्न चरणमा आन्दोलनमा उत्रिसकेका छन् । केह लगानीकर्ता भने अहिले पनि रिले अनसनमा बसिरहेका छन् । सेयर बजार उकास्न सरकारबाट निरन्तर असहयोग भइरहेको लगानीकर्ताको आरोपसँगै बजार परिसूचर ११ सय ३० को बिन्दुभन्दा पनि तल ओर्लेर सुधारको क्रममा लागेको हो ।
सोमबार पनि कारोबार सुरु भएको सवा घन्टा बढेको सेयर बजार केही समय स्थिर रही कही घटेर अन्तमा बढेको हो । अन्ततः बजार १२ दशमलव ४९ अंकले बढेर ११ सय ४४ दशमलव १९ अंकमा पुगेको हो ।
नेप्से बढ्दा सेन्सिटिभ इन्डेक्स २ दशमलव ८ अंकले बढेर २ सय ४३ दशमलव ८१ अंकमा पुगेको छ भने कारोबार रकममा पनि करिब दोब्बर वृद्धि भएको छ । नेप्से बढ्दा आइतबार सेयर बजारको कारोबार रकम २२ करोड ३७ लाख रुपैयाँ हुँदा सोमबार ४३ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भए । यसक्रममा नेप्सेमा १ सय ६३ कम्पनीका १२ लाख ६४ हजार कित्ता सेयर खरीदबिक्री भए ।
यसदिन कारोबारमा आएका दशमध्ये ८ समूहमा सुधार आए । उत्पादनमूलक र अन्य समूह घट्दा यसदिन जीवन बीमा समूह सर्वाधिक ९८ दशमलव ६९ अंकले बढ्यो । त्यसैगरी निर्जीवन बीमा समूहमा ७२ दशमलव शून्य ५ अंकको सुधार आयो ।
यसदिन सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा नेपाल इन्भेस्टमेन्ट बैंक शीर्षस्थानमा रह्यो । बैंकको ८४ हजार ५ सय ९५ कित्ता सेयर ५ करोड ४८ लाख रुपैयाँमा किनबेच भए । बैंकले ४० प्रतिशत बोनस दिने घोषणा गरेपनि सेयर कारोबारमा उत्साह दखिएको हो । यसदिन बैंकको सेयरमूल्यमा कुनै सुधार आएन । बैंकको सेयरको मूल्य प्रतिसेयर ६ सय १९ रुपैयाँ रहेको छ ।
सोमबार रैराङ हाइड्रोका सेयरधनीले सर्वाधिक ७ दशमलव ७७ प्रतिशत सेयरमूलय गुमाए भने महिला सहायता लघुवित्तको सेयरमूल्यमा ६ दशमलव ६ प्रतिशत गिरवाट आयो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC