site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डबारे आईजीपीको आश्वासन– विश्वास गर्नुस्, नक्कली मान्छे ल्याएर अनुसन्धान गर्दैैनौं
Sarbottam CementSarbottam Cement

नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने ३७ प्रतिशत बलात्कारका घटना अपरिचितबाट भएको देखिन्छ । अपरिचित भएको घटना प्रहरीको व्यावसायिक छवि, अनुसन्धानबाट पत्ता लागेको हो । परिचित व्यक्ति, साथी, छिमेकीबाटै ३३ प्रतिशत बलात्कारका घटना भएका छन् भने ४ प्रतिशत बलात्कार आफन्तबाटै भएको पाइएको छ । 
यी विषयभन्दा बाहिरका विषयमा सामाजिक संरचना सँगसँगै हामी सबैले सचेतनामूलक कार्यक्रमहरु लैजानुपर्छ । नेपाल प्रहरीले अहिले बालहिंसा, यौनहिंसा, लागुऔषध, महिला हिंसालगायतका विषय समेटर समुदायसँग मिलेर अगाडि बढ्न प्रहरी–समुदाय साझेदारी कार्यक्रम अघि सारेको छ । जहाँसम्म निर्मला पन्तको घटना छ, यो घटनाको अनुसन्धान जारी छ । हामी सबै चिन्ताका साथ अगाडि बढेका छौं । प्रहरी संगठन प्रमुखको हैसियतले मलाई तपाईंहरुसँग खुलेरै भन्नुपर्दा मलाई चिन्ता लागेर निन्द्रा पनि नलाग्ने अवस्था भएको छ ।

यस सम्बन्धमा के जानकारी गराउन चाहन्छु भने हाम्रो सामथ्र्यले जति गर्न सकिन्छ, अनुसन्धान गरिरहेका छौं । तर अनुसन्धानलाई प्र्रभावित हुने खालका गतिविधि पनि नभइदियो भने हामी यसलाई चाँडै नै एउटा परिणाममा हामी लैजान्छौं । नेपाल प्रहरीले अनुसन्धान गरेको सम्बन्धमा मैले नेतृत्व गरेको अवस्थामा कुनै पनि व्यावसायिकतामा एक रौं, एक कसूर पनि कतै गलत गरेको अवस्था छैन । गलत गर्न पनि दिइएको छैन । संगठन निरन्तर चल्ने हो । संगठन गतिशील छ । हिजो भएका घटनाहरु पनि हेरौं । बडीखेलको घटना मैले नै पत्ता लगाएको हुँ अपराध महाशाखामा हुँदा । अरु पनि धेरै घटनाहरु छन् । यसमा म के आश्वस्त पार्न चाहन्छु भने व्यावसायिकता, निष्ठापूर्वक इमान्दारिताका साथ नेपाल प्रहरीले काम गर्छ । अनुसन्धान गरिरहेको छ । समय केही लागिरहेको छ । 

महानगर, नगर क्षेत्रमा सीसीटिभी होस्, रेडारले हेरोस्, महानगर, नगरले को कहाँबाट आयो, को कहाँ बस्छ भन्ने सबै कुराको रेकर्ड राखोस् । बोर्डर रेगुलेट होस् । यति भए शान्ति सुरक्षा कायम गर्न सहज हुन्थ्यो । यी सबै कुरा नहुँदा पनि अनुसन्धानमा अप्ठ्यारो परिरहेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अनुसन्धानमा समय त विकसित मुलुकमा पनि लाग्छ । कतिपय घटनाको अनुसन्धान जटिल प्रकृतिको पनि हुन्छ । प्रविधिबाट पनि पहिचान गर्न गाह्रो हुन्छ । समय त लाग्छ नै । यसको मतलब हामी दोषमुक्त छौं भन्ने होइन । अपराधीको पहिचान गर्न लागिरहेकै छौं । तपार्इंलाई के स्मरण गराउन चाहें भने त्यस्ता केही घटनाहरु छन्, जो अनुत्तरित छन् । हामी संवेदनशिलताका साथ अगाडि बढेका छौं । यसमा सबैलाई आश्वस्त हुन आग्रह गर्न चाहन्छु । 

निर्मला हत्याको अनुसन्धानमा कसैको दबाब र प्रभाव छैन । कसैका दबाबले नेपाल प्रहरीको अनुसन्धान प्रभावित हुँदैन । नेपाल प्रहरीको नेतृत्व मैले गरिरहँदा पनि यो अवस्थाको कुनै गुञ्जायस छैन । निर्मला हत्याको अनुसन्धानमा सहयोग गर्न सबैमा अपिल गर्न चाहन्छु । 

Global Ime bank

अहिले हामी कानुन कार्यान्वयन, परिमार्जन गर्ने संघीय संरचना कार्यान्वयन गर्ने चरणमा छौं । विगतमा भएका केही कानुनका त्रुटीहरु पनि सच्याउने क्रममै छौं । त्यसतर्फ कतिपय कानुनी रुपमा भन्न नसकिने कुराहरु छन् । जसले अनुसन्धानलाई यस्तो अवस्थामा छ, ‘डिस्टिङ्सन’ आयो भन्ने अवस्था रहँदैन । मुख्य अभियुक्त समातिसकेपछि नै सबै कुरा खुल्ने हुँदा हाम्रो विज्ञ र अनुसन्धानको ‘एक्सपर्ट’ टिम त्यतापट्टि लागेको छ । अनुसन्धानका क्रममा केही नामहरु आए । नामहरु अलि हतारमा पनि दिइहाल्ने, बाहिर ल्याइहाल्ने हामी सबैको बानी छ । यसरी नामहरु दिइहाल्नु हुँदैन । किनकी त्यो नामसँग अरु नामहरु पनि जोडिएका हुन्छन् । नेपाल प्रहरीलाई हामीले अनुसन्धानमा कहाँनिर सहयोग गर्यौं त ? त्यो पनि मनन् गर्नुपर्छ । कोही मान्छे सामूहिक रुपमा अपराधमा संलग्न छ भने त्योसँग जोडिएको मान्छेको कुरा पहिल्यै आउँदा अरु त भाग्छन् नि । बोर्डर खुला छ । बोर्डर ५ मिनेटमै पार गर्न सकिन्छ ।

यो कुरा त हामी सबैलाई थाहा छ नि । हामी कसैको प्रभावमा परेका छैनौं । सरकारले कहिँ दबाब दिएको छैन । कुनै किसिमको प्रेसर छैन । हामीले काम गरिरहेकै छौं । तर हाम्रा पनि केही ‘लिमिटेसन’ भने छन् । अहिले हामीले फिजीकल्ली र म्यानुअल्ली रुपमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ । यसका लागि सोधपुछ गर्नैपर्छ । अहिले फौजदारी संहिताले केही असहजता छ । पक्राउ पुर्जी जारी गर्नुपर्ने लगायतमा अप्ठ्यारा छन् । हामीले यसमा केही सुधारमा लागि सुझाव पनि दिएका छौं । यस्तोमा प्रहरीलाई राम्रोसँग सहज रुपमा अनुसन्धान गर्ने वातावरण बनाइदिन सबैले भूमिका खेल्नुपर्छ । किनभने नेपाल प्रहरी प्रहरी महानिरीक्षकको मात्रै होइन । हामी सबैको संगठन हो । अनुसन्धानमा अप्ठ्याराहरु छन् । तर हामी अगाडि बढेका छौं । अनुसन्धानमा विश्वस्त रहन आग्रह गर्छु । कोही नक्कली मान्छेलाई ल्याएर अनुसन्धान गर्दैैनौं । यसमा विश्वास गरौं । सबैभन्दा ठूलो विश्वास नै हो ।

कसैले भन्नुभयो, कुखुरा चोर समात्यो । कुखुरा चोरले गरेन भनेर कोही भन्न सक्नुहुन्छ ? कुखुरा चोर नराम्रै मान्छे हो पनि भन्न सक्नहुन्न । कुखुरा चोर राम्रो हो भनेर कसरी भन्न सक्ने ? एकपटक कुखुरा चोरेको मान्छेले सधैं कुखुरा नै चोर्यो भनेर भन्नु पनि सान्दर्भिक हुन्न । त्यसकारण मैले भन्न खोजेको के हो भने मान्छेका विभिन्न अड्कल छन् । त्यो छैन भने को छ त ? भन्दिनुपर्यो । हामीले अनुसन्धान निःस्वार्थ रुपमा गरिरहेका छौं । मैले निर्मला हत्याको अनुसन्धानका लागि सिआइबीको टोलीलाई कुनै दबाब दिएको छैन । दबाब दिएको भेट्टाउनुभयो भने भन्नुहोला । अब कति बाँकी छ र प्रहरी महानिरीक्षक पदमा बस्ने समय पनि ? त्यसकारण निःस्वार्थ रुपमा काम गरेको छु । यसमा कसैले शंका नगरौं । यदि यस्तो कार्यमा मेरो भूमिका कहि कतै व्यावसायिक मर्यादाबाहिर देख्नुभयो भने संसदमा लगेर मेरो बर्दी खोल्दिनुहोला । 

(आईजीपी सर्वेन्द्र खनालले सोमबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा व्यक्त गरेका विचारको सम्पादित अंश)

फाइल तस्बिर
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC