राजनीति
काठमाडौं ।
तोकिएको मितिमा विधिगत महाधिवेशन गर्न माग गर्दै नेपाल विद्यार्थी संघका नेताहरु सानेपास्थित पार्टी कार्यालयमा अनशन बसेका छन् । ६४ जिल्लामा प्रतिनिधि र नेतृत्वको चयन गरिएपनि सोही जिल्लामध्ये ११ जिल्लामा नेतृत्वको विवाद रहेकोले सो विवाद समाधान गरेपछि मात्र महाधिवेशन गर्न माग गरेको अनशनमा बसेका नेविसंघ केन्द्रिय सदस्य युवराज पाण्डेले जानकारी दिए । उनले भने, “प्रतिनिधि र नेतृत्व छनौट गरिएको ११ जिल्लामा अहिले पनि दुइओटा अध्यक्ष छन् । यसको टुङ्गो लगाएर मात्र तोकिएको समयमा महाधिवेशन गर्नुपर्छ ।”
यसैगरि बाँकि रहेको ११ जिल्लामा अधिवेशनको तयारी नै गरिएको छैन । त्यसको पनि टुङ्गो लगाउन माग गर्छाै, पाण्डेले भने ।
अनशनमा बस्नेहरु कुन्दन राज काफ्ले, युवराज पाण्डे, जीत शेरचन, कृष्ण कुमारी बस्नेत, गणेश सामकोटा, नीमा गिरि, दुजाङ शेर्पा, सुदिप शर्मा, चक्र गुरुङ, धर्मदेव फुलार, संजीव शाह गरी ११ जना रहेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३ २०:०७
प्रतिक्रिया दिनुहोस्