site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्रीको राजीनामासहित अनसनरत लगानीकर्ताका यस्ता छन् १३ माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइतबारदेखि आन्दोलनरत लगानीकर्ताको माग संख्या बढेर १३ पुगेको छ । पुँजी बजार सुधार र विस्तारका लागि भन्दै आइतबारदेखि सुरु भएको पुँजी बजार लगानीकर्ताको रिले अनसनमा तीन माग थपिएको हो ।
अनसनरत लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । उनीहरुले पुँजीबजारमैत्री अर्थमन्त्रीको माग गरेका हुन् ।
अनसनरत लगानीकर्ताको मागमा सरकारले पुँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरी बजार सुधार तथा बिस्तारका लागि तत्काल विशेष कार्यक्रम ल्याउनुपर्ने, धितोपत्र बोर्डले तीन वर्ष अघिदेखि गैरआवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पुँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागू गरी उनीहरुलाई पुँजी बजारमा भित्र्याउनुपर्ने, बैंक खाता र डिम्याट खाता इन्टिग्रेटेड अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तासम्म पुर्याउनुपर्ने आदि रहेका छन् ।
त्यसैगरी सेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, सेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याउनुपर्ने र जोखिम भारित अंश सय प्रतिशत वा सोभन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
उनीहरुले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म होइन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
थप गरिएको मागमा नेप्सेको पुर्नसंरचना, बीमा कम्पनीको लाइसेन्स घोटाला छानबिन र पुँजीगत लाभकर फिर्ता गर्नुपर्ने रहेका छन् ।
अनसनरत लगानीकर्ताले माग पुरा नभएसम्म रिले अनसन जारी राख्ने बताएका छन् । अनसन समूहको नेतृत्व लगानीकर्ता हरी ढकालले गरेका छन् ।

यस्ता छन् माग

\"\"
\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC