खेल
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पाँचौ खेलमा ललितपुर प्याट्रियट्सविरुद्ध टस जितेर पोखरा राइनोजका रिचार्ड लेभिले अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराका लागि ओपनिङ व्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका लेभिले ३३ बलमा अर्धशतक पूरा गर्दै ६६ रन बनाए ।
अर्धशतक पूरा गर्न उनले ७ छक्का र २ चौका प्रहार गरे । लेभिको अर्धशतक सँगै पोखराले ९ ओभरको समाप्तीमा बिना विकेटको क्षतिमा ७९ रन बनाएको हो । क्रिजमा रिचार्ड लेभि ६६ रन र कप्तान काइल कोइट्जर १२ रनमा खेलिरहेका छन् । पोखराविरुद्ध विकेट लिन असफल ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले ५ बलर फेरि पनि विकेट लिन सकेका छैनन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५ १३:३८
प्रतिक्रिया दिनुहोस्