site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सतप्रतिसत नतिजा यात्रालाई निरन्तरता दिने लक्ष्यमा मनाङ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सतप्रतिसत नतिजा यात्रालाई सातौं खेलमा पनि निरन्तरता दिने लक्ष्यमा रहेको मनाङ मर्स्याङदी क्लबले आज (सोमबार) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
संकटा र थ्री स्टार क्लबले जित हासिल गर्दै दबाब दिइरहेका बेला आजको खेल जित्न सके मनाङले निकट प्रतिद्वन्द्वीहरुलाई स्पष्ट तीन अंकले पछि पार्नेछ । मनाङले लगातार ६ खेलमा जित हासिल गर्दा ठिक विपरित मछिन्द्र भने जारी लिगमा पहिलो जितको खोजीमा छ । 
उपाधिको अर्को दाबेदार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले आजै सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग खेल्नेछ । मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ चोटका कारण आजको खेलमा मैदान उत्रिनेमा दुविधा छ भने जर्ज प्रिन्स कार्की विभागीय तालिममा रहेकाले लिगमा उपस्थित छैनन् । जसका कारण दबाबमा रहेको आर्मीले पछिल्लो खेलमा फ्रेन्ड्स क्लबसँग अनपेक्षित रुपमा गोलरहित बराबरी नतिजा स्विकार्नु परेको थियो । फ्रेन्ड्सविरुद्धको खेलमा दुई पहेलो कार्डका कारण प्रतिबन्धमा रहेका कप्तान भरत खवास पनि मैदानमा थिएनन् । 
आर्मी ६ खेलमा १४ अंकका साथ चौथो स्थानमा छ भने ४ अंकका साथ ब्रिगेड ब्वाइज पुछारबाट चौथो स्थानमा छ ।

जावलाखेल र फ्रेन्ड्समाथि दबाब
लिगमा अघिल्लो दिन आइतबार ललितपुरे समर्थकका लागि विशेष थियो । १४ टोली सहभागि लिग सातौं चरणमा आइपुग्दा आइतबार ललितपुरका चार टिम एक–अर्काविरुद्धको खेलका लागि मैदानमा थिए । जसमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि २–० को विजयी नतिजा निकाल्दा च्यासल युथ क्लबले फ्रेन्डस क्लबलाई ३–१ को नतिजामा निराश पार्यो । आइतबारै सम्पन्न लिगको अर्को खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सरस्वती युथ क्लबमाथि ३–० को जित निकाल्यो । 
जारी लिगमा अखिल नेपाल फुटबल संघले रेलिगेसनको प्रावधान राखेको छैन । त्यसैले पुछारमै सीमित हुने टोलीले पनि अर्को वर्ष ‘बी’ डिभिजनमा घटुवा हुनुपर्ने छैन । तर रेलिगेसनको प्रावधान हटाउँदा लिगको मर्ममै प्रहार भएको भन्दै चौतर्फी आलोचना भएपछि एन्फाले आगामी सिजनका लागि पुछारमा सिमित हुने दुई टोलीको अंक खोस्ने अनौठो नियम लागु गरेको छ । एक पटकका लागि भन्दै रेलिगेसनविनाको लिग गर्ने क्रममा एन्फाले लिएको यस्तो नीतिबाट पुछारमा रहने दुई टोलीले आगामी सिजनको लिग सुरु हुनुपूर्व नै क्रमषः २ र १ अंक गुमाउनुपर्नेछ । 
त्यसअनुसार अर्को सिजनमा अंकको ऋणबाट लिग सुरु नगर्ने लक्ष्यमा रहेका जावलाखेल र फ्रेन्डसलाई आइतबारको दिन सुखद रहेन । हारपछि फ्रेन्ड्स ७ खेलमा ५ अंकका साथ १०औं स्थानमा छ भने जावलाखेल ४ अंकका साथ ११औं स्थानमा छ । पुछारको दुई स्थानमा रहेका मछिन्द्र (१३) को खातामा ३ तथा एनआरटी (१४) को खातामा १ अंक छ । 
पुछारतर्फ जावलाखेल र फ्रेन्डसको नतिजाले तलका टिमलाई राहत मिल्दा उपाधि दाबेदार थ्री स्टार जितसँगै शीर्ष स्थानमा उक्लिएको छ । ७ खेलमा १८ अंक जोडेको थ्री स्टारले शीर्ष स्थानमा मनाङ मर्स्याङदी र संकटा क्लबसँग अंक बराबरी गरेको छ । एक खेल कम खेलेको मनाङले सोमबार मछिन्द्र क्लबसँग आफ्नो सातौं खेल खेल्नेछ । मनाङ यसअघिका ६ खेलमा सतप्रतिसत नतिजा हासिल गर्ने एकमात्र टिम हो ।
थी्र स्टारका प्रशिक्षक मेघराज केसीले लगातारको जितबाट बाँकी खेलका लागि उत्साह थपेको बताए । उनले भने, “आज पहिलो हाफमा हामी रणनीतिअनुसार खेल्न सफल भएनौं । दोस्रो हाफमा मिडफिल्ड र रक्षापंक्तिलाई चलायमान बनाउँदा गोल गर्न सफल भयौं । केही खुकुलो खेल्दा उनीहरुका खेलाडी आत्तिएर खेले जसको फाइ्दा उठाउन सफल भयौं ।” जावलाखेलका प्रशिक्षक राजकुमार केसीले राम्रो खेले पनि भाग्यको साथ नपाउँदा पराजित हुनु परेको प्रतिक्रिया दिए । उनले पहिलो हाफमा धेरै राम्रो खेले पनि मध्यान्तरपछि सानो गल्तीमा गोल खानु परेको बताए । 
लगातार दोस्रो जिन निकाल्ने क्रममा आइतबारै चाढोगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीमाथि जित हासिल गरेको एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले विपक्षीको कमजोरीमा गोल गरेको बताए । उनले भने “नेपालका क्लब बिदेशी खेलाडीको भरमा छन् । सरस्वती पनि बिदेशी खेलाडीमै बढि निर्भर छ । हामीले उनीहरुको कमजोरी औल्याएर रणनीति बनाएका थियौं, जसमा सफल भयौं ।” 
जितसंगै एपिएफ ७ खेलबाट १० अंक जोड्दै अंकतालिकाको आठौं स्थानमा छ । सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले खेलाडीबीच समन्वय नमिल्दा टोलीले अहिलेसम्मकै खराब प्रदर्शन गरेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC