site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुनुवाइ समितिः चार राजदूतको नाम सर्वसम्मत स्वीकृत
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिले सरकारद्वारा भारत, मलेसिया, युनाईटेड अरब इमिरेट्स (युएई) र इजरायलको लागि राजदूतमा प्रस्ताव गरेका क्रमसः नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्ण ढकाल र अन्जान शाक्यको नाम अनुमोदन गरेको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित चार राजदूतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । 

“प्रस्तावित चार जना राजदूतको सुनवाई भयो । सर्वसम्मतीले चारै जनाको नाम स्वीकृत (अनुमोदन) गर्ने निर्णय भयो,” संसदीय सुनवाई समितिका सभापति लक्ष्मणलाल कर्णले बैठकको निर्णय सुनाउँदै भने ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले दुईवटा निर्णय गरेको कर्णले बताए । पहिलो, चारै जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्ने निर्णय र दोस्रो, अब राजदूत सिफारिस गर्दा समावेशी सिद्धान्तलाई पालन गर्दै सोही अनुरुप नाम पठाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको उनले जनाए । 

“सुनवाइको लागि अहिले पठाएको नाम सूची संविधानमा व्यवस्था भएअनुसार समावेशी सिद्धान्तसँग मेल खाँदैन । त्यसैले अब राजदूत सिफारिस गर्दा समावेशी सिद्धान्तको पालना गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत भएको छ,” सभापति कर्णले भने । 

Global Ime bank

सरकारले केही दिन अघि भारतको लागि निलाम्बर आचार्य, मलेसियाको लागि उदयराज पाण्डे, युएईको लागि कृण्ण ढकाल र इजरायलको लागि अन्जान शाक्यको नाम राजदूतमा सिफारिस गरेको थियो । सरकारको सिफारिसको आधारमा समितिले चारै जनाको सुनवाई आइतबार गरेको थियो । आइतबारको बैठकमा सबैभन्दा पहिला आचार्य, त्यसपछि पाण्डे, ढकाल र शाक्यको सुनवाइ गरिएको थियो । सुनवाइपछि सर्वसम्मतले उनीहरुको नाम स्वीकृत गरिएको  हो । 

आईतबार स्वीकृत भएका आचार्य पूर्वमन्त्री हुन् । उनी नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) का सदस्य पनि थिए । पाण्डे यसअघि पनि राजदूत भइसकेका व्यक्ति हुन् । उनी सन् २०११ देखि २०१५ सम्म साउदी अरबका लागि राजदूत भई कार्य गरेका थिए । यस्ता अर्का स्वीकृत नाम ढकाल भने परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । शाक्य भने एक समय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यरत थिईन् । 

स्वीकृत नाम अब समितिले परराष्ट्र मन्त्रालयमा पठाउनेछ । परराष्ट्रले उनीहरुको नाममा एग्रिमो तयार पारी सम्बन्धीत देशमा पठाउने छ र सम्बन्धीत देशले ती नाम स्वीकृत गरी पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई राजदूतमा नियुक्त गर्नेछिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC