site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पप्पु कन्स्ट्रक्सनलाई अदालतको साथ, कालोसूचीमा नराख्न आदेश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विवादमा रहेको पप्पु कन्स्ट्रक्सनले विशेष अदालतको साथ पाएको छ । उच्च अदालत तुल्सीपुरले कन्स्ट्रक्सनको बैंक ग्यारेन्टी तत्कालका लागि जफत नगर्न र कालो सूचीमा नराख्न सिक्टा सिँचाइ आयोजनालाई अन्तरिम आदेश दिएको हो ।
मुद्दाको टुंगो नलाग्दा सम्मका लागि उच्च अदालतले यस्तो आदेश दिएको हो । पप्पुका प्रोप्राइटर सुमित रौनियारले दर्ता गरेको रिटको सुनुवाइ गर्दै अदालतका न्यायाधीशद्वय विष्णुप्रसाद पौडेल र ऋषिप्रसाद अधिकारीको संयुक्त इजलासले आदेश दिएको हो । सुमितले सिक्टा सिंँचाइ आयोजनाले कम्पनीलाई कालोसूचीमा राखेर बैंक धरौटी झिक्न खोजेको दावीसहित सिक्टा र त्यहाँका अधिकारीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
रिटमा सरकारसँग सिक्टाको ठेक्का लिँदा दुई पक्षबीच उत्पन्न विवाद सरकारले गठन गरेको मध्यस्थता परिषद्बाट टुंगो लगाउने सर्त भएको उल्लेख थियो । सिक्टा सिँचाइ आयोजनाले डुडुवा शाखा नहर निर्माणका लागि पप्पुसँग २०७३ असार ६ गते ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले समयमा काम सम्पन्न नगरेको भन्दै आयोजनाले पप्पुसँगको ठेक्का तोडेर कालो सूचीमा राखेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC