site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लगानीकर्ताले पाए युजरनेम र पासवर्ड, घरमै बसेर सेयर किनबेच गर्न सकिने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अन्ततः सेयर लगानीकर्ताले जुनसुकै स्थानमा बसेर सेयर कारोबार गर्न पाउने भएका छन् । लगानीकर्ताले नेप्सेमा अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड पाएसँगै यो सम्भव भएको हो ।
नेप्से अनलाइन कारोबार प्रणाली गएको कात्तिक २० मै सुरु भएपनि अहिलेसम्म ब्रोकरहरुले पुरानै प्रणालीबाट काम गरिरहेका थिए । आज (आइतबार) देखि लगानीकर्ता आफैंले कारोबार खरिद–बिक्रीको आदेश दिन पाउने भएका हुन् । लगानीकर्ताले ब्रोकरसँग सम्झौता गरी ब्रोकरले दिएको युजरनेम र पासवर्ड प्रयोग गरी कारोबार गर्नुपर्छ ।
यसअघि नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नोट्स)मा ब्रोकरहरुको स्तरसम्म मात्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) एक्टिभ रहेको थियो । आइतबारदेखि नेप्सेले लगानीकर्तासम्म टीएमएस एक्टिभ गरेको हो ।
युजरनेम र पासवर्डका लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गर्नुपर्ने हुन्छ । सोही सम्झौतापत्रको आधारमा कारोबारको सीमा तोकिन्छ । दुई हप्ताअघि लगानीकर्ताले नेप्से कार्यालय घेराउ गरी आफूले युजरनेम र पासवर्ड पाउने मिति तोक्न माग गरेपछि नेप्सेले आजदेखि लगानीकर्ताको माग बमोजिम काम गर्ने बताएको थियो । त्यसपछि नेप्सेले लगानीकर्तालाई अनलाइन ट्रेडिङबारे तालिम दिइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC