site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कवितालाई तोप बनाउन सुझाव
Sarbottam CementSarbottam Cement

काठमाडौं ।देश, वर्तमान सरकार तथा नेपाली समाजको समसामयिक विषयमा प्रगतिशील कविहरूले शनिबार आ–आफ्ना कवितावाचन गरेका छन् । 

प्रगतिशील लेखक सङ्घ, नेपालको ३ नं. प्रादेशिक समितिको आयोजनामा भएको ‘रूपान्तरणका कविता’ विशेष कविगोष्ठीमा प्रगतिशील कविहरूले आ–आफ्ना कविता वाचन गरेको सो संस्थाद्वारा प्रेषित वक्तव्यमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यकायक्रम प्रमुख अतिथि कवि, समालोचक तथा प्रलेसका केन्द्रीय सल्लाहकार डा. हेमनाथ पौडेलले सो कार्यक्रममा वाचित कविताहरूको समीक्षा गर्दै वाचित कविताहरू निकै सशक्त र सुन्दर भएको बताए । 

उनले प्रगतिवादी कविहरूमा आलोचनाको स्वर हुनैपर्ने कुरामा जोड दिदै आलोचनात्मक स्वर भएका स्रष्टाहरूले प्रलेसजस्ता संस्थाको रक्षा हुने जनाए  । प्रलेस ३ द्वारा आयोजित ‘रूपान्तरणका लागि कविता’ कार्यक्रममा राजनीतिक विश्लेषक तथा बुद्धिजीवी नरेन्द्रजंग पिटरले आजका कविका कविताहरू तोप बन्न सक्नुपर्ने कुरामा जोड दिंदै कविताजस्तै कविका जीवन हुनुपर्ने कुरामा दिए । 
प्रगतिशील लेखक सङ्घका महासचिव आरएम डङ्गोलले प्रलेसको गतिविधिमाथि सं्क्षिप्त प्रकाश पार्दै प्रलेस निरन्तर अग्रगामी दिशामा नै हिंडिरहेको जनाए ।
‘रूपान्तरणका लािग कविता’ कार्यक्रममा बलराम तिमिल्सना, आनन्दराम पौडेल, पुण्य गौतम, शोभा दुलाल, राममणि पोखरेल, कृष्णहरि भट्ट, चिरञ्जीवी ढकालसमेतको आतिथ्यता रहेको थियो । काठमाडौंको अनामनगरमा अवस्थित ‘रूपान्तरणका लागि कविता’ स्रष्टा–द्रष्टाद्वारा खचाखच भरिएको उक्त कार्यक्रममा अशोक कुँवर ‘नेत्र’, संगीता पनेरु, कौशिला रिसाल, छायादत्त न्यौपाने, मिसन अधिकारी, गौरी देवकोटा, युवराज नास्तिक, ढुण्डीराज अधिकारी, भीम क्षेत्री, सुमनराज श्रेष्ठ, केबी गाउँले, कृष्णहरि भट्ट, मनोहर लामिछाने, पुण्य गौतम ‘विश्वास, आनन्दराम पौडेल, शोभा दुलाल,, बलराम तिमिल्सना, प्रेमिला राई, मुक्तान थेवा, गोविन्द आचार्य, मनु विक, बिन्दु अधिकारी ढकाल, शेखर अर्याल, धनबहादुर मगर, वीरेन्द्र लोहार, नीलिमा पुन, आरएम डङ्गोल, आरसी न्यौपानेलगायत कविहरूले आ–आफ्ना सशक्त कविता वाचन गरेका थिए । 
‘रूपान्तरणका लािग कविता’ कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा ३ नं. प्रादेशिक समितिका इन्चार्ज एवम् संयोजक खेम थपलियाले गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC