site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको चुनावमा लाटोकोसेराको सहारा !
Sarbottam CementSarbottam Cement

तेलगंना । भारतको कान्छो राज्य तेलंगनामा गत शुक्रबार विधानसभा निर्वाचन सम्पन्न भएको छ । तर, त्यहाँको चुनावमा राजनीतिक दल र मतदाताको कुरामात्रै होइन लाटोकोसेरोको प्रसंगपनि चर्चामा आयो । प्रहरी अधिकारीहरुका अनुसार चुनावको बेलामा भारतको यो राज्यमा लाटोकोसेरोको एउटा प्रजातिको धेरै नै माग भएको थियो । कारण अरु केही नभएर लाटोकोसेरोको शरीरको अंग आफ्नो विपक्षी दलका उम्मेदवारलाई दुर्भाग्यपूर्ण हुने र आफूले चुनाव जितिने विश्वासका कारण पनि त्यसको तस्करी गरिएको बताइएको छ । यस्तो कार्यमा संलग्नलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

कर्नाटकको कलबुर्गी जिल्लाको सेडमका प्रहरीले बीबीसीलाई बताए अनुसार चुनावको बेलामा बेच्नका लागि ६ जना मानिस हरेकले १२ वटा लाटोकोसेरो तयार पारेर राखेका थिए । उनीहरुलाई सेडमबाट प्रहरीले पक्राउ गरेको थियो । यो क्षेत्र तेलंगनाको सीमावर्ती क्षेत्र हो । तेलंगनामा शुक्रबार ११९ सदस्यीय विधानसभाको लागि निर्वाचन भएको हो । कलबुर्गीका वन विभागका सहायक वन संरक्षक रामकृष्ण यादवले भने,‘‘तेलंगनाको एक व्यक्तिले उनीसँग फोनमा सम्पर्क गरेको थियो । उसले फोनमा विरोधी उम्मेदवारका विरुद्ध काला जादू गर्नका लागि लाटकोसेरो चाहिएको जनाएको थियो ।’’

Prabhu Bank
Agni Group
NIC Asia

एक प्रहरी अधिकारीले भने,‘‘उनले कसलाई संकेत गरेका हुन् भन्ने कुरा थाहा भएन । नेताले नै यो गर्न लागेका हुन् वा कोही कार्यकर्ताले यसो गर्न लागेको हो ।’’ उनका अनुसार विरोधी खेमामा डर फैलाउनका लागि पनि लाटोकोसेरोको प्रयोग गर्ने गरिएको हो । कसैले आफ्नो विरुद्धमा काला जादू प्रयोग गरेको थाहा पाएपछि विपक्षी उम्मेदवारको हौसला तोडिने भएकोले पनि यस्ता भ्रम फैलाउने गरिएको छ । भारतमा लाटोकोसेराका तीस प्रजाती पाइन्छन् । ती मध्ये इगल आउल र बार्न आउलको माग धेरै हुने गरेको छ । ती प्रजातिलाई काला जादूको लागि प्रयोग गरिने तर्क स्थानीयको छ ।

(बीबीसीको रिपोर्टमा आधारित)

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC