site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ईपीएल : रोमाञ्चक खेलमा विराटनगर विजयी
Ghorahi CementGhorahi Cement

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा जित निकाल्दै विराटनगर वारियर्सले तेस्रो संस्करणको ईपीएलमा पहिलो खेलमा जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर प्याट्रियट्सले दिएको १०५ रनको लक्ष्य पछ्याएको विराटनगरले ललितपुरलाई ३ विकेटले पराजित गर्दै सुखद शुरुआत गरेको हो । विराटनगरले १९.५ ओभरमा ७ विकेटको क्षतीमा एक बल बाँकी हुँदा १०५ रनको लक्ष्य पूरा गरेको हो ।

ललितपुरको लक्ष्य पूरा गर्न रोमाञ्चक बनेको खेलमा विराटनगको जितका लागि १२ बलमा २० रन चाहिएको थियो ।

Agni Group

क्रिजमा करण केसी र पाल भान मेकेरन थिए भने बलिङमा ललितपुरका सन्नी पटेल । करणले १९ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै रन छोट्याए । दोस्रो बल वाइड भएपछि विराटनगरले एक रन उपहार पायो । दोस्रो बलमा एक रन जोडेपछि तेस्रो बल डट गएपनि चौथो र पाँचौ बलमा एक—एक रन जोडेका पाल भान मेकेरन र करणको जोडीलाई अन्तिम ओभरको ६ बलमा १० रन चाहिएको थियो ।

बलिङमा थिए ललितपुरका योगेन्द्रसिंह कार्की । पहिलो बलमा करण केसी र मेकेरनले २ जोडेपछि  ५ बलमा ८ रनको आवश्यकता थियो । भरीभराउ मैदानका दर्शकसामू करणले लामो सर्ट प्र्रहार गर्दै दोस्रो बलमा ६ रन जोडे । जितका लागि बाँकी ३ बलमा २ रन  आवश्यक थियो ।

Global Ime bank

अन्तिम ओभरको तेस्रो बलमा एक रन लिएर चौथो बल डट भएपनि पाँचौ बलमा करण र मेकेरनको जोडिले एक रन पुरा गर्दै टिमलाई रोमाञ्चक जित दिलाए । विराटनगरका लागि करण केसीले अविजित ३६ रन बनाए भने पाल भान मेकेरनले नटआउट ९ रन बनाए । त्यस्ते, आसिफ शेखले १९ र अनिल कुमार शाहले ११ रन बनाए ।

विराटनगरलाई दबाबमा राख्न ललितपुरका गौरव तोमरले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए र ललित नारायण राजवंशीले एक विकेट मात्रै लिए ।यसअघि टस जितेर पहिला व्याटिङ गरेको ललितपुरका ललागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन सन्नी पटेलले २० र पवन शराफले १४ रन बनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC