सिक्टामा व्यापक भ्रष्टाचार भएको अख्तियारको ठहर, पूर्वमन्त्री पाण्डेसहित २१ विरुद्ध मुद्दा दायर 

८ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ विगो दाबी (सूचीसहित)

सिक्टामा व्यापक भ्रष्टाचार भएको अख्तियारको ठहर, पूर्वमन्त्री पाण्डेसहित २१ विरुद्ध मुद्दा दायर 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले २१ जनासँग ८ अर्ब ५९ करोड ८८ लाख ३१ हजार ४ सय २२ रुपैयाँ विगो दाबी र जेल सजायको माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो । 

अख्तियारले पूर्वमन्त्री तथा सीटीई–कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख विक्रम पाण्डेसँग २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ विगो दाबी गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र  उक्त ऐनको दफा २३ अनुसारको सजाय पनि अख्तियारले मागेको छ । 

अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार आयोजना प्रमुख सरोज चन्द्र पण्डितसँग ५९ करोड ३४ लाख ५२ हजार ५ सय ९४ रुपैयाँ, आयोजना प्रमुख दिलिपबहादुर कार्कीसँग १ अर्ब ५६ करोड ८२ लाख ८३ हजार १ सय ९९ रुपैयाँ विगो दाबी गरिएको छ । यस्तै, सिडिई सूर्यदेव थापासँग २७ करोड २२ लाख ५९ हजार ३ सय २१, सिडिई योगेन्द्र मिश्रसँग २७ करोड २२ लाख ५९ हजार ३ सय २१ रुपैयाँ र सिडिई श्याम बहादुर कार्कीसँग ५२ करोड ३६ लाख ६५ हजार १ सय ५० रुपैयाँ बिगो दाबी गरिएको छ । 

अख्तियारले शुक्रबार दायर गरेको मुद्दामा सिडिई कृष्णप्रसाद सुवेदीसँग १७ करोड ८ लाख ४३ हजार ६ सय ५ रुपैयाँ, सिडिई प्रेमराज घिमिरेसँग १० करोड ४० लाख १५ हजार ३ सय ४३ रुपैयाँ, सिडिई वीरसिंह धामीसँग ११ करोड ८५ लाख ५९ हजार ७ सय ४५ रपैयाँ, सिडिई प्रकाशबहादुर कार्कीसँग ९ करोड १ लाख ५२ हजार ७ सय १३ रुपैयाँ, एम–एस इआरएमसी–आइटिइसिओ नेपाल जेभीका प्रबन्ध निर्देशक उद्धवराज चौलागाईसँग २ करोड ४० लाख ५५ हजार ८ सय ७२ रुपैयाँ बिगो दाबी गरिएको छ । 
सिक्टा सिँचाइ आयोजनाको मूलनहर निर्माणमा आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्यात सुपरभिजन नगर्दा नहर भत्केको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । त्यसपछि अख्तियारले सिँचाइ विभाग तथा सिक्टा सिँचाइ आयोजनामा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीहरुको संलग्नतामा सम्पूर्ण सरोकारवाला तथा जानकारहरुसँग गहन छलफल गरेको थियो । अनुसन्धानका क्रममा विस्तृत अध्ययन बिना, माटोको गुणस्तर परीक्षण नगरी आयोजनाको प्रतिवेदन तयार पारिएको अख्तियारले पाएको थियो । गलत डिजाइन गरेर हतारमा ठेक्का सम्झौता गरिएको ठहर अख्तियारको छ । 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

तजबिजले बढाउँछ भ्रष्टाचार

देशमा भ्रष्टाचार छ कि छैन भन्ने थाहा पाउन सामान्य जनतालाई कुनै विदेशी संस्थाको प्रतिवेदन चाहिँदैन । दिनहुँ काम पर्ने सरकारी

भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेले नै भ्रष्टाचार गरिरहेका छन् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुन नदिने आफ्नो संकल्प दोहोर्याएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफूले

सिक्टामा व्यापक भ्रष्टाचार भएको अख्तियारको ठहर, पूर्वमन्त्री पाण्डेसहित २१ विरुद्ध मुद्दा दायर 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै पूर्वमन्त्री विक्रम पाण्डेसहित २१

५८ करोड भ्रष्टाचार गरेको मानिसलाई त्यसै छोड्नु हुन्छ ? 

कुनै बेला गणेश थापा नेपाली फुटबलका पर्यायजस्तै थिए । तर अहिले उनी पछिल्लो चार वर्षदेखि आर्थिक लेनदेनको अभियोगमा विश्व फुटबलको